आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

स्ववियु निर्वाचन : गैँडाकोटको कालिका संस्कृत विद्यापिठमा तालाबन्दी

    प्रकाशित २०७९ फागुन २८, आईतबार (१ साल अघि)


नवलपुर। चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको विषयलाई लिएर गैँडाकोटमा रहेको कालिका संस्कृती विद्यापिठमा रहेको निर्वाचन समितिको कायकक्षमा तालाबन्दी गरिएको छ ।

निर्वाचन समितिले एकलौटी ढङ्गबाट नियोजित रुपमा निर्वाचन कार्यतालिका प्रकाशन गरि विद्यार्थी र विद्यार्थी संगठनको भावना विपरित सबै संगठनसँग समन्वय नगरि कार्यक्रम अघि बढाएको भन्दै अनेरास्ववियु र अखिल क्रान्तिकारीले समितिको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । विद्यालय प्रशासनले नियोजित रुपमा नेविसंघलाई सर्वसम्मत गराउने गरि कार्य गरेकाले आफूहरु आन्दोलनमा उत्रिएको अनेरास्ववियु नवलपुरका अध्यक्ष विष्णु पौडेलले बताउनुभयो ।

निर्वाचन समितिको मनोमानी र नियोजित रुपमा भएको कार्यको विरोधमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको अनेरास्ववियु नवलपुरका अध्यक्ष विष्णु पौडेलले बताउनुभयो ।

Write your Comment