आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

नवलपुरको चालिस किलोबाट लागूऔषध सहित चार जना पक्राउ

    प्रकाशित २०७९ फागुन २८, आईतबार (१ साल अघि)


नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरको चालीस किलोबाट प्रहरीले लागू औषध सहित चार जनालाई पक्राउ गरेको छ । कावासोती नगरपालिका-१६ चालीस किलोमा ध १ ख ६४९ नम्बरको बस जाँच गर्ने क्रममा बर्दघाट नगरपालिका-६ बस्ने १८ वर्षीय विवेक सुनार र सुनवल-१० बस्ने १९ वर्षीय यमबहादुर बराललाई लागू औषध सहित पक्राउ गरिएको हो । सिटमुनि लुकाएर ल्याउँदै गरेको स्पास २७ एम्पुल, नाइट्राभेट ५ एम्पुल सहित उनिहरुलाई पक्राउ गरिएको हो ।

यसै गरि सोही स्थानबाट प्रहरीले लागु औषध सहित थप दुई जनालाई पक्राउ गरेको छ । गएराति प्र -२ -०३-००७ प ९०१८ नम्बरको स्कुटरमा आइपिपिएल २ एम्पुल, फेनारागन एम्पुल, डाइजापाम ३ एम्पुल, र नेपाली रुपैयाँ ४३ हजार ८०० भारु २००० सहित मध्यविन्दु- ९ का २५ वर्षीय युबहादुर सोमै र हुप्सेकोट- ३ का २९ वर्षीय अजित गुरुङलाई पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Write your Comment