आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा महिनावारी स्वच्छता तथा पुनः प्रयोग योग्य प्याड बनाउने तालिम

    प्रकाशित २०७९ फागुन २७, शनिबार (१ साल अघि)


देवचुली । देवचुलीमा महिनावारी स्वच्छता तथा पुनः प्रयोग योग्य प्याड बनाउने तालिम सम्पन्न भएको छ। क्यानलानको सहयोगमा जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना तथा नवलपुर किशोरी संजाल र देवचुली नगरपालिका वडा नम्बर १३ को समन्वय क११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पारी तालिम आयोजना गरिएको हो ।


नवलपुर किशोरी संजालका अध्यक्ष विद्या ढुंगानाको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्रमा देवचुली नगरपालिका नगर कार्यपालिका सदस्य गितादेवी बोटेको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि कार्यक्रममा देवचुली १३का वडा सदस्य ओमनारायण महतो, जिल्ला बाल अधिकार समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, मिलिजुली टोल विकास संस्थाका प्रतिनिधिहरु र विभिन्न टोल, समुदायबाट महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

जागृती बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधादेवी बोटेले तालिममा किशोरी शसक्तिकरण कार्यक्रम, अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुका कारण, तालिम गर्नुको उदेश्य र तालिमको विषयवस्तुहरुको बारेमा जानकारी दिएकी थिइन् । तालिममा किशोरी अभियन्ता विद्या ढुंगानाले लैंगिक र लैंगिकता, महिनावारी स्वच्छताको महत्त्व, महिनावारी स्वच्छतामा ध्यान नदिँदा स्वास्थ्यमा पर्ने दिर्घ समस्याहरु, महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, बजारिया प्याडका फाइदा र बेफाइदा, घरायसी प्याडको फाइदा र बेफाइदाको बारेमा बताउँदै सहजीकरण गरेकी थिइन्।

तालिममा कार्यपालिका सदस्य गिता देवी बोटेले ग्रामीण महिलाहरुले जान्नै सिक्नै पर्ने कुरा भएकोले ध्यान दिएर सिक्न, सिकेको कुरा अरुलाई सिकाउन र आफ्नो व्यवहारमा लागू गर्न अनुरोध गरेकी थिइन् । वडा सदस्य ओमनारायण महतोले महिलाहरुले आफ्नो आधिकार थाहा पाउँदा पाउँदै पनि लाज मानेर, भन्न नसकेर र सम्बन्धि ठाउँमा पनि आवाज उठाउन नसकेर महिलाहरु पछाडी परिरहेको बताए । आफ्नो समस्या आफैंले खुलेर बताउनको लागि प्रयास गर्न, महिला र पुरुषले गर्ने श्रममा विभेद तथा महिलाहरु श्रमिक हिंसामा पर्ने अवस्था भएकाले आफ्नो अधिकार भित्र रहेका कुराहरुमा प्रष्ट रुपमा आवाज उठाउन आवश्यक रहेको उनले बताए।

जिल्ला बाल अधिकार समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले महिलाहरुलाई अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै महिलाहरुले आफुसँगै बालबालिकाहरुलाई पनि सहि बाटोमा हिँड्नको लागी प्रेरित गर्नुपर्ने बताए ।बालबालिका, किशोरीहरुको व्यक्तित्व विकास र शिक्षामा पहुँचको लागि आफ्नो जिम्मेवारीहरुलाई बुझ्नको लागि उनले सुझाव दिए।


तालिममा विभिन्न टोल, समुदायका महिला प्रतिनिधि, किशोरी तथा युवतीहरु सहित ४५ जनाको सहभागिता रहेको थियो ।

Write your Comment