आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

बन्दिपुरमा संचालित भलिबल प्रतियोगिताको उपाधि भागरलाई

    प्रकाशित २०७९ फागुन २१, आईतबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिका ५ बन्दीपुरमा संचालन भएको खुल्ला नकआउट भलिबल प्रतियोगिताको उपाधि भागरले जितेको छ।अदन युथ क्लब देवचुली ५ बन्दीपुरले ४१औं मगर एकता दिवसको अवसर पारी आयोजना गरेको खुल्ला नकआउट पुरूष भलिबल प्रतियोगितामा शनिबार भागरले देवचुली ९ तीनघरेलाई हराउँदै उपाधि जित्न सफल भएको हो ।

प्रतियोगिताको बिजेता भागरले नगद रु ३० हजारसहित मेडल,प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता तीनघरेले नगद रु २० हजारसहित मेडल,प्रमाणपत्र प्राप्त गरेको छ।

बिजेता, उपबिजेताहरुलाई देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेले पुरस्कार वितरण गर्नुभएको थियो।समापन कार्यक्रममा नगर प्रवक्ता तिलप्रसाद काफ्ले, देवचुली नगरपालिका वडा नम्बर ५ का अध्यक्ष कृष्णप्रसाद सापकोटा, देवचुली नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मीनबहादुर सोती मगर,प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, नगर खेलकुद विकास समिति अध्यक्ष सुभाषचन्द ओझा ,उपाध्यक्ष अमर घर्ती मगर , सदस्य सचिव प्रकाश काफ्ले , सदस्यहरू चिरञ्जीवी पाण्डे ,मधुकर सुबेदी, वडा सदस्यहरू,युवा समाजसेवी सुन्दर पाण्डे ,सुशील चापागाईं, दिपक शर्मा लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियोे ।

Write your Comment