आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

कावासोती नगरपालिका तेक्वान्दो संघ (आईटिएफ)को अध्यक्ष सुरेश घर्ती मगर चयन

    प्रकाशित २०७९ फागुन २१, आईतबार (१ साल अघि)


नवलपुर । कावासोती नगरपालिका तेक्वान्दो संघ (आईटिएफ)को अध्यक्ष सुरेश घर्ती मगर सर्वसम्मत चयन भएका छन् । शनिबार कावासोती १२ मा भएको प्रथम अधिवेशनबाट घर्ती मगरको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा उपाध्यक्षमा सागर गुरुङ्ग,सचिवमा नवीन मानन्धर ,कोषाध्यक्षमा सुकमाया घले ,सदस्यहरुमा रविन भट्ट ,रविना महतो,अनु घलान,फुलमाया परियार,कृष्ण गुरुङ्ग चयन भएका छन् । संघको सहसचिव र एक जना सदस्य बैठकबाट मनोनीत गरिने आयोजकले जनाएको छ।

जिल्ला तेक्वान्दो संघ (आईटिएफ) नवलपुरका अध्यक्ष बिरबल कुँवरको अध्यक्षता भएको अधिवेशनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि अधिवेशनमा कावासोती १२ अध्यक्ष ध्रुव खनाल ,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु ,खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो।

नवनिर्वाचित अध्यक्ष घर्ती मगरले कावासोती नगरपालिकामा तेक्वान्दोको खेलकुद निरन्तर संचालन गर्दै खेलाडी उत्पादनका निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Write your Comment