आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

सौराहामा सुबिधाजनक होटल आइकावा सञ्चालनमा

    प्रकाशित २०७९ फागुन १८, बिहिबार (१ साल अघि)


चितवन ।पर्यटन नगरी चितवनको सौराहामा सुविधाजनक होटल सञ्चालनमा आएको छ । रत्ननगर नगरपालिका वडा नम्बर- ६ स्थित सौराहाको निकुञ्ज चोकमा होटल आइकावा सञ्चालनमा आएको हो ।करिब १२ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त होटलमा डिलक्स १८, सुपर डिलक्स ९, स्वीट ३ वटा गरि तीसवटा सुविधासम्पन्न कोठा छन् । बारको क्षमता ३० जनाको छ भने चौबिसैघण्टा खुल्ला रहने होटलभित्रको आइक्याफेमा पाहुनाले नेपाली, इन्डियन, चाइनिज, जापानिजलगायतका परिकारको स्वाद लिन सक्नेछन् ।

यस होटलमा एकै पटकमा २०० जनासम्म बसेर कार्यक्रम गर्न सक्ने सभाहल संचालनमा आइसकेको छ । सौराहामा नै पहिलोपटक अण्डरग्राउण्ड पार्किङ र लिफ्टको सुविधा यस होटलमा रहेको छ । त्यसैगरी बिवाह, व्रतबन्ध, सेमिनार, भोजलगायतका कार्यक्रमको लागि १२०० जना क्षमताको ब्याङ्केट हल, इन्फिनिटी स्विमिङ पुल पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।सौराहा क्षेत्रमा होटेलभित्र बेसमेन्ट पार्किङ र लिफ्टको व्यवस्था भएको होटल आइकावा पहिलो हो । होटलका सञ्चालक घनश्याम अर्यालका अनुसार होटलका कोठाहरु एकदमै आरामदायीसँगै आकर्षक छन् । `हाम्रो होटलमा खुला किचन, होटलभित्र रहेको आइ क्याफे २४ घण्टा संचालन, लाइब्रेरीको लागि छुट्टै ठाउँको व्यवस्था गरिएको छ´, अर्यालले भने `हाम्रा अनुभवी कर्मचारीले गर्ने सेवा सत्कारले पाहुनाई पक्कै पनि खुसी पार्नेछ । पाहुनाको सुविधाको लागि हामीले भरतपुर विमानस्थल र बसपार्कसम्म आउन-जानको लागि गाडीको नि: शुल्क व्यवस्थासमेत गरेका छौँ ।´

मूल्यको हिसाबले पनि होटल आइकावा खासै महँगो नभएको सञ्चालक अर्यालले बताए ।`पारिवारिक रमाइलो, साथीभाइको जमघट, व्यावसायिक मिटिङदेखि लिएर सौराहाको जंगल सफारी, सनराइज, सनसेटलगायतका सौराहाका सम्पूर्ण गतिविधिको उत्कृष्ट अनुभव हाम्रा पाहुनालाई दिन हामी तयार छौं´, अर्यालले बताए । उनका अनुसार अपांगता एवम् फरक क्षमता भएकाहरूका लागि पनि होटलमा विशेष व्यवस्था छ । `ती खालका पाहुनालाई सहजरूपमा बस्नको लागि पनि हामीले विशेष व्यवस्था गरेका छौँ, लिफ्टको माध्यमबाट सबै कोठामा सहजरूपमा पुग्न मिल्नेगरी हामीले सेटिङ गरेका छौँ´, अर्यालले बताए ।

Write your Comment