आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

सातदोबाटो युथ क्लबलाई राेयल व्लुकाे मुख्य प्रायोजन

    प्रकाशित २०७९ फागुन १८, बिहिबार (१ साल अघि)


डि आर क्षेत्री,देवचुली। फाल्गुन १९ गतेदेखि सुरु हुने ए डिभिजन लिगका लागि सातदोबाटो युथ क्लबलाई सागर डिस्टिलरी प्रालिको उत्पादन रोयल ब्लुले मुख्य प्रायोजन गर्ने भएको छ ।सातदाेबाटाे क्लब र कम्पनि बीच मुख्य प्रायोजकको रूपमा बुधबार एक कार्यक्रमका बिच सम्झौता भएको हो।

सम्झाैता भए सङ्गै क्लबको नाम ‘रोयल ब्लु सातदोबाटो युथ क्लब’ रहने जनाईएकाे छ ।मुख्य प्रायोजकको रूपमा रोयल ब्लुले क्लबलाई जर्सी, खेल मैदान, क्लबका विभिन्न कार्यक्रममा प्रचारात्मक सहयोग गर्ने कम्पनिका ब्राण्ड प्रमुख रितिक शाहीले जानकारी गराउनुभएकाे थियाे ।

लिगको तयारी अन्तिम चरणमा पुगेको र सम्झौतासङ्गै आसन्न लिग फुटबल प्रतियाेगितामा क्लबलाई राम्रो नतिजा निकाल्न थप उर्जा र हाैसला मिलेकाे क्लबका महासचिव सुनिल विष्टले बताउनुभयो ।

Write your Comment