आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

यू-१९ विश्वकप छनौट: नेपालले आज कुवेतको सामना गर्दै

    प्रकाशित २०७९ फागुन १३, शनिबार (१ साल अघि)


काठमाडौँ । युएईमा जारी आईसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले आज कुवेतको सामना गर्दै छ ।खेल नेपाली समय अनुसार १०: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै आज मलेसिया र सिंगापुर तथा हङकङ र आयोजक युएईबीच पनि खेल हुदै छ ।

नेपालले यस प्रतियोगितामा शानदार शुरुवात गरेको छ । शुक्रबार आफ्नो पहिलो खेलमा सिंगापुरलाई ९६ रन अन्तरले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको थियो । त्यस्तै कुवेतले भने आफ्नो पहिलो खेलमा हङकङसँग एक विकेटको हार बेहोरेको थियो ।

नेपालले आज कुवेतसँग खेलेपछि फागुन १५ (फेब्रुअरी२७) मा हङकङसँग खेल्ने तालिका रहेको छ भने फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग र फागुन १८ (मार्च २) मा युएईसँग खेल्ने तालिका रहेको छ ।

प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुवेत,हङकङ,मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ ।२०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्नका लागि नेपालले यस प्रतियोगिताको शीर्ष स्थानमा रहनु पर्ने छ ।

नेपाली यू–१९ टोलीमा देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा रहेका छन् भने साथै यू-१९ टिमको मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन् ।

Write your Comment