आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

सौराहामा होटल आइकावा सञ्चालनमा आउँदै

    प्रकाशित २०७९ फागुन ९, मंगलबार (१ साल अघि)


चितवन। पर्यटन नगरी चितवनको सौराहामा सुविधाजनक होटल आइकावा सञ्चालनमा आउने भएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकै सौराहा बजारमा उक्त होटल सञ्चालनमा आउन लागेको हो । रत्ननगर नगरपालिका वडा नम्बर- ६ स्थित सौराहाको निकुन्ज चोकमा फागुन १२ गते शुक्रबारदेखि उक्त होटल सञ्चालनमा आउन लागेको हो ।

करिव १२ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त होटलमा डिलक्स १८, सुपर डिलक्स ९, स्वीट ३ वटा गरि तीसवटा सुविधासम्पन्न कोठा छन् । बारको क्षमता ३० जनाको छ भने चौबिसैघण्टा खुल्ला रहने होटल भित्रको आइक्याफेमा पाहुनाले नेपाली, इन्डियन, चाइनिज, जापानिजलगायतका परिकारको स्वाद लिन सक्ने छन् ।

एकै पटकमा २०० जनासम्म बसेर कार्यक्रम गर्न सक्ने सभाहल संचालनमा आइसकेको छ भने बिवाह, व्रतबन्ध, सेमिनार, भोजलगायतका कार्यक्रमको लागि १२०० जना क्षमताको ब्याङ्केट हल, इन्फिनिटी स्विमिङ पुल पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको होटल सञ्चालक घनश्याम अर्यालले बताए । विदेशी पर्यटकसँगै नेपाली पर्यटकलाई पनि लक्षित गरि विभिन्न प्याकेज बिक्रीको लागि तयार पारिएको संचालक अर्यालले जानकारी दिए । पाहुनालाई भरतपुर विमानस्थलसम्म लिन जान र पुर्‍याउने समेत व्यवस्था गरिएको पनि उनले बताए ।

आइकावा जापानी भाषाको शब्द हो । यसको नेपाली नाम दोभान हुन्छ । सञ्चालक अर्यालले हस्पिटालिटी सम्बन्धि अध्ययन जापान र अमेरिकामा गरेका छन् । विदेशमा सिकेको सिपलाई आफ्नै देशमा प्रयोग गर्ने योजनाका साथ सौराहामा होटल व्यवसाय सुरु गरेको अर्यालले बताए ।

Write your Comment