आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

४३ लाखले गरे शाश्वतधामको अवलोकन

    प्रकाशित २०७९ फागुन ७, आईतबार (१ साल अघि)


बिवेक भण्डारी,देवचुली ।नवलपुरको दुम्कौलीमा रहेको शाश्वतधाममा ४३ लाखले अवलोकन गरेका छन । नेपाल सरकारले वेस्ट टुरिष्ट डेस्टिनेशनका रूपमा अवार्ड दिइसकेको शाश्वतधामको सातौँ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा धाममा हाल सम्म ४३ लाख ९३ हजार बढिले अवलोकन गरेको जनाइएको छ ।

विशेष गरि महेन्द्र राजमार्ग मै रहेको धाममा भारतबाट आउने पर्यटकहरुको पनि आगमन हुने गरेको छ । नेपालको मध्यभागमा रहेको कारण यस धाममा धेरै पर्यटकहरु आउने गरेका छन । पछिल्लो समय स्कूल, कलेजका विद्यार्थी, विभिन्न समूहमा यहा शाश्वतधाम पुग्ने गरेका छन् । दक्षिण भारतीय शैलीको यो मन्दिर र यससंगै रहेको पार्क मुख्य आर्कषण रहेको छ । मन्दिरलाई वरपर पानीको तलाउ र साँझ बिहान तलाउमा पानीको फोहोर चलाउँदा मन्दिर पानीमा अडिएको भानहुन्छ र त्यो दृश्य हेर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दू देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् ।

हिन्दू धर्मका मुख्य देवी देउताको एउटै थलोमा पूजाआजा गर्न पाइने यो मन्दिरको फरक विशेषता हो । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्ने जोकोही रोमाञ्चक अनुभूति गर्न सक्दछन् । यहाँ कक्षा ६, ७ र ८ कक्षा सम्म सस्कृत मुल विषय राखेर अध्ययन अध्यापन हुने गरेको छ । सातौँ वार्षिक उत्सवको अवसरमा शनिबार धाममा पञ्चेबाजा सहित विविध कार्यक्रम आयोजना गरिएको छ । धाममा आयोजना गरिएको कार्यक्रममा सासंद विनोद चौधरी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतको सहभागिता रहेको थियो ।

Write your Comment