आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

कावासोतीमा आजबाट सातौं नवलपुर महोत्सव हुँदै

    प्रकाशित २०७९ फागुन ३, बुधबार (१ साल अघि)


कावासोती । नवलपुरको कावासोतीमा आज फागुन ३ गतेदेखि १३ गतेसम्म महोत्सव हुने भएको छ ।नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा सातौं नवलपुर महोत्सव हुने भएको हो । महोत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ।

नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं सातौ नवलपुर महोत्सव मुल समितिका संयोजक वैकुण्ठप्रसाद अर्यालले स्थानीय उत्पादन, जातिय सांस्कृतिक पक्ष, पर्यटकीय गतिविधि व्यवसाय प्रवर्द्धन, स्थानीय प्रतिभा प्रस्फुटन लगायतको विकास र प्रवर्द्धन गर्ने उदेश्य सहित महोत्सव आयोजना गर्न लागिएको स्पस्ट पार्नुभयो ।

महोत्सवमा आठै पालिकाका कृषि उत्पादन र उद्यमसँग सम्बन्धित प्रत्येक पालिकाको ३ वटा स्टल निशुल्क हुने भएकाले पनि अहिलेको व्यवसायिक प्रदर्शनी विशेष र अघिल्ला मेला महोत्सव भन्दा फरक हुने अध्यक्ष अर्यालको दाबी छ । महोत्सवमा संस्कृतिसँग सम्बन्धित रत्यौली प्रतियोगिता अर्को आकर्षण हुने आयोजकको जिकिर छ । आज देखि शुरु हुने महोत्सवमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवमा बाल उद्यान , सास्कृतिक कार्यक्रम , विभिन्न व्यवसायिक प्रदर्शनी , विद्यार्थीहरुद्धारा निर्मित विज्ञान साम्राग्रीको प्रदर्शनी र प्रतियोगिता , टिकटक प्रतियोगिता कृषि प्रदर्शनी र प्रतियोगिता , विभिन्न जातिय सांस्कृतिक झाँकी तथा पहिरन प्रदर्शनी तथा पर्यटकीय गतिविधिका नमूना प्रदर्शनी रहने जनाईएको छ ।

कावासोती नगरपालिका ८ स्थित टुबोर्ग खेल मैदानमा हुने महोत्सवमा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने तथा १ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य लिएको बताइएको छ ।

Write your Comment