आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

तेस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता: देवचुली ११ फाइनल प्रवेश

    प्रकाशित २०७९ माघ २५, बुधबार (१ साल अघि)


देवचुली।देवचुली नगरपालिकामा संचालित तेस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७९ मा देवचुली ११ विजयी हुँदै फाइनल प्रवेश गरेको छ ।देवचुली नगर खेलकुद विकास समिति आयोजना तथा श्री जनकल्याण सामाजिक विकास केन्द्र (फिर्के) को सह आयोजनामा देवचुली माध्यमिक विद्यालयको खेलमैदान रजहरमा खेल संचालन भएको हो।

प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा देवचुली ११ ले देवचुली १५ लाई २-० ले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । देवचुली ११ का रमेश गुरुङ र सुमन आलेले १/१ गोल गरेका थिए । आजको खेलमा देवचुली १५ का सामुल थापा म्यान अफ दि म्याच भएका छन् ।खेल सकिए पश्चात देवचुली १५ द्वारा देवचुली ११ बाट वडा बाहिरको खेलाडी खेलाएको भन्दै प्रोटेस्टको निवेदन दिएको छ। सो बारेमा बुधबार निर्णय गरिने खेलकुद समितिले जनाएको छ।

देवचुली नगरपालिकाका १५ वडाबाट १७ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ८१ हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय टिमले नगद ४१ हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिने दुई समुहले नगद ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । बुधबार देवचुली १० र देवचुली १७ हरियो बीच खेल हुने देवचुली नगर खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले बताए ।

Write your Comment