आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

कावासोती १६ मा किशोरी अधिकार संरक्षणका लागि छलफल

    प्रकाशित २०७९ माघ २४, मंगलबार (१ साल अघि)


कावासोती। नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १६ मा किशोरी अधिकार संरक्षणका लागि सरोकारवालाहरुसँग वडास्तरीय छलफल सम्पन्न भएको छ ।क्यानलानको सहयोगमा जागृती बाल तथा युवा सरोकार नेपालको आयोजनामा सोमबार कावोसोती १६ मा कार्यक्रम गरिएको हो।


जागृती बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधा बोटेले कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रम, कार्यक्रमको उदेश्य, कार्यक्रमको विषयवस्तुहरु र अहिले भइरहेका गतिविधिहरुको बारेमा जानकारी दिइन् ।

कार्यक्रममा महिला बालबालिका सेलका प्रमुख बिन्दु बिकले समग्र नवलपुर जिल्ला र नगरपालिकाभित्र महिला बालबालिका माथि हुने हिंसा दुर्व्यवहारको अवस्था र त्यस्ता समस्या डिल गर्न, समाधानका लागि गरिएका प्रयासहरु र व्यवहारिक चुनौतीहरुको बारेमा सहजीकरण गरेकी थिइन् । बालबालिका ,महिला र किशोरीका हिंसा सम्बन्धि जिल्लामा रहेको तथ्यांकको बारेमा छलफल गर्दै हिंसा न्यूनीकरणका लागि सरोकारवालाको भुमिका बिषयमा समेत सहजीकरण गरेकि थिइन् । समुदायमा धेरै किसिमका हिंसा दुर्व्यवहार बढ्दै गएकोले नागरिक संघसंस्था जनचेतनामुलक कार्यक्रम गर्न कावासोती १६ का अध्यक्ष आनन्द श्रेष्ठले अनुरोध गरेका थिए ।बालिका तथा किशोरी माथि हुने हिंसा न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी संघसंस्था हातेमालो गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउँदै वडा कार्यालयले आवश्यक सहयोगका सदैव तयार रहेको बताए ।


कावसोती १६ का अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा वडा सदस्य उषा खत्वे र लक्ष्मि सुनार, वडा सचिव जीवन अधिकारी ,सामुदायिक प्रहरी सेवा केन्द्र महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख विन्दु वि.क.र अन्य सामुदायिक प्रहरी प्रतिनिधि , टोल विकास संस्था, सहकारी संस्था , आमा समुह ,महिला विकास संस्था , अग्यौली सामुदायिक सामुदायिक श्रोत पुस्तकालय ,विद्यालय , बजार विकास संस्था , सामुदायिक वन लगायतका प्रतिनिधिहरु गरि ५३ जनाको उपस्थिति रहेको थियो।

Write your Comment