आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

तेस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता: देवचुली १ र देवचुली १५ सेमिफाइनल प्रवेश

    प्रकाशित २०७९ माघ २४, मंगलबार (१ साल अघि)


देवचुली।देवचुली नगरपालिकामा संचालित तेस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७९ मा देवचुली १ र देवचुली १५ विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् ।देवचुली नगर खेलकुद विकास समिति आयोजना तथा श्री जनकल्याण सामाजिक विकास केन्द्र (फिर्के) को सह आयोजनामा देवचुली माध्यमिक विद्यालयको खेलमैदान रजहरमा खेल संचालन भएको हो।

प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा देवचुली १ ले देवचुली १० लाई ३-० ले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । देवचुली १ का मनोज कुमालले ३ गोल गरेका थिए । पहिलो खेलमा देवचुली १ का मनोज कुमाल म्यान अफ दि म्याच भएका छन् ।खेल सकिए पश्चात देवचुली १० द्वारा देवचुली १ बाट वडा बाहिरको खेलाडी खेलाएको भन्दै प्रोटेस्टको निवेदन दिएको छ। सो बारेमा मंगलबार निर्णय गरिने खेलकुद समितिले जनाएको छ।

त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा देवचुली १५ ले देवचुली १६(क) लाई २-१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। देवचुली १५ बाट सुशान्त आले मगर र विशाल सिंजालीले १/१ गोल गरेका थिए भने देवचुली १६(क) बाट वसन्त बानियाँले गोल गरेका थिए । दोस्रो खेलमा देवचुली १५ का सुशान्त आले मगर म्यान अफ दि म्याच भएका छन् ।

देवचुली नगरपालिकाका १५ वडाबाट १७ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ८१ हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय टिमले नगद ४१ हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिने दुई समुहले नगद ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । मंगलबार देवचुली ११ र देवचुली १५ बिच पहिलो सेमिफाइनल खेल हुने खेलकुद समितिका सचिव प्रकाश काफ्लेले बताए।

Write your Comment