आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

तेस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता: देवचुली १ र देवचुली १४ विजयी

    प्रकाशित २०७९ माघ २०, शुक्रबार (१ साल अघि)


देवचुली।देवचुली नगरपालिकामा संचालित तेस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७९ मा देवचुली १ र देवचुली १४ विजयी हुँदै दोस्रो चरण प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा देवचुली १४ ले देवचुली १३ लाई २-१ ले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । देवचुली १४ बाट अर्जुन थापा र अनुरम श्रेष्ठले १/१ गोल गरेका थिए भने देवचुली १४ ले गरेको आत्मघाती गोलले देवचुली १३ ले खाता खोलेको थियो। पहिलो खेलमा देवचुली १३ का चेतन मगर म्यान अफ दि म्याच भएका छन् ।


त्यस्तै प्रतियोगितामा आज भएको दोस्रो खेलमा देवचुली १ ले देवचुली ७ लाई २-१ ले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो। देवचुली १ बाट बिकी शर्मा र नविन बोटेले १/१ गोल गरेका थिए भने देवचुली ७ का प्रकाश क्षेत्रीले गोल गरेका थिए । दोस्रो खेलमा देवचुली १ का रोशन गुरौं म्यान अफ दि म्याच भएका छन् ।

देवचुली नगर खेलकुद विकास समिति आयोजना तथा श्री जनकल्याण सामाजिक विकास केन्द्र (फिर्के) को सह आयोजनामा देवचुली माध्यमिक विद्यालयको खेलमैदान रजहरमा खेल संचालन भएको हो।


देवचुली नगरपालिकाका १५ वडाबाट १७ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ८१ हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय टिमले नगद ४१ हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिने दुई समुहले नगद ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । शनिबारको पहिलो खेल देवचुली २ र देवचुली १५ बीच साथै दोस्रो खेल देवचुली १० र देवचुली १६(ख) बिच हुने खेलकुद समितिका सचिव प्रकाश काफ्लेले बताउनुभयो ।

Write your Comment