आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

भरतपुर ४ लंकुमा नि : शुल्क पशु सेवा शिविर सम्पन्न

    प्रकाशित २०७९ माघ १९, बिहिबार (१ साल अघि)


भरतपुर । भरतपुर महानगरपालिकामा नि: शुल्क पशु सेवा शिविर सम्पन्न भएको छ । भरतपुर -४ लंकुमा बिहिबार एक दिने नि:शुल्क पशु सेवा शिविर सम्पन्न भएको हो ।भरतपुर छाडा पशु चौपाया आश्रममा नेपाल पशुपंक्षी औषधी बजार प्रतिनिधि संघ नारायणगढले पशु सेवा केन्द्रको प्राविधिक सहयोगमा शिविर संचालन गरेको संघका अध्यक्ष विष्णु बस्नेतले बताए ।


नेपाल पशुपंक्षी औषधी बजार प्रतिनिधि संघ नारायणगढका अध्यक्ष विष्णु बस्नेतको अध्यक्षतामा भएको शिविरमा भरतपुर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष अर्पण पोखरेलको प्रमुख आतिथ्यता तथा पशु सेवा केन्द्र लंकुका प्रमुख प्रकाश ढकाल आतिथ्यता रहेको थियो।

शिविरमा ३० भन्दा बढी पशुको चेकजाँच सहित निःशुल्क औषधि वितरण गरिएको संघका अध्यक्ष बस्नेतले बताए। २०७३ सालमा स्थापना भएको संघले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ।

Write your Comment