आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

देवचुलीमा तेस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता सुरु

    प्रकाशित २०७९ माघ १७, मंगलबार (१ साल अघि)


देवचुली।देवचुली नगरपालिकामा तेस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७९ आजबाट सुरु भएको छ ।देवचुली नगर खेलकुद विकास समिति आयोजना तथा श्री जनकल्याण सामाजिक विकास केन्द्र (फिर्के) को सह आयोजनामा देवचुली माध्यमिक विद्यालयको खेलमैदान रजहरमा खेल संचालन भएको हो।


देवचुली नगर खेलकुद विकास समितिको अध्यक्ष सुभाषचन्द्र ओझाको अध्यक्षतामा भएको समुदघाटन खेलमा देवचुली नगरपालिकाको नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। समुदघाटनमा बोल्दै नगर प्रमुख हरिप्रसाद न्यौपानेले नगरपालिकाले खेलकुद पर्वद्धनमा सदैव सहयोग गर्ने बताउनुभयो । देवचुली नगरपालिकामा अन्तर्राष्ट्रिय खेलाडीहरुको उत्पादन समेत भइरहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन गर्न नगर प्रतिबद्ध रहेको न्यौपानेले बताउनुभयो । समुदघाटन खेलमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी , वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

देवचुली मा वि को खेलमैदान रजहरमा आज भएको देवचुली १६ (क) र देवचुली १७ रातो बीच भएको समुदघाटन खेलमा देवचुली १६ (क) १-० गोलले विजयी भएको छ । आजको खेलमा देवचुली १६ (क) का नारायण सापकोटाले गोल गरेका थिए । आजको खेलमा युनाईटेड देवचुली १७ का सन्दीप तामाङ उत्कृष्ट खेलाडी भएका छन् ।

देवचुली नगरपालिकाका १५ वडाबाट १७ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ८१ हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय टिमले नगद ४१ हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिने दुई समुहले नगद ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोलीको पहिलो खेल देवचुली ८ र देवचुली ११बीच साथै दोस्रो खेल देवचुली ६ र देवचुली १७ हरियो बिच हुने खेलकुद समितिका सचिव प्रकाश काफ्लेले बताउनुभयो ।

Write your Comment