आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

तेस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

    प्रकाशित २०७९ माघ १७, मंगलबार (१ साल अघि)


देवचुली।देवचुली नगरपालिकामा तेस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ। देवचुली नगर खेलकुद विकास समिति आयोजना र श्री जनकल्याण सामाजिक विकास केन्द्र (फिर्के) को सह आयोजनामा देवचुली माध्यमिक विद्यालयको खेलमैदान रजहरमा खेल संचालन हुन लागेको हो।


देवचुली नगरपालिकाका १५ वडाका १७ समुहबीच आज माघ १७ गतेदेखि माघ २८ गतेसम्म खेल आयोजना गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष सुभाषचन्द्र ओझाले बताए। नगरका वडाबीच प्रतिष्पर्धा गराई उत्कृष्ट खेलाडी छनोट गर्न प्रतियोगिताले सहयोग पुर्‍याउने ओझाले बताए । ओझाका अनुसार प्रतियोगिताको समुदघाटनमा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहने छ। प्रतियोगितामा आज समुदघाटन खेल दिउँसो २ बजेबाट देवचुली १६ (क) र देवचुली १७ रातोबीच हुनेछ ।


प्रतियोगितामा प्रथम हुने टिमले नगद ८१ हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उप बिजेता टिमले नगद ४१ हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिने दुई समुहले नगद ५ हजार ५ सय रुपैयाँ पाउने आयोजक समितिका सचिव प्रकाश काफ्लेले बताए । खेलमा उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।

Write your Comment