आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

देवचुलीमा राष्ट्रिय भुतपुर्व सैनिक संघको इकाइ कमिटी गठन

    प्रकाशित २०७९ माघ १६, सोमबार (१ साल अघि)


देवचुली । देवचुलीमा राष्ट्रिय भुतपुर्व सैनिक संघको इकाइ कमिटी गठन गरिएको छ। नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ नवलपुरले शनिबार देवचुली नगरपालिका स्तरीय इकाइ कमिटी गठन गरेको हो । देवचुली १३ सहारा पार्टी प्यालेसमा भएको भेलाले देवेन्द्र शर्माको नेतृत्वमा १७ सदस्यीय इकाइ कमिटी गठन गरिएको हो।

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ नवलपुरका सदस्य तथा देवचुली संयोजक क्याप्टेन विष्णु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय भुतपुर्व सैनिक संघ नवलपुरका अध्यक्ष मेजर देविप्रसाद भुसाल प्रमुख अतिथि रहेको थियो। सो कार्यक्रममा विभिन्न पालिका इकाई कमिटीका अध्यक्ष तथा भुतपुर्व सैनिकहरुको उपस्थिति रहेको थियोे ।

नयाँ इकाइ समितिलाई बधाई दिदै कार्यक्रममा मेजर भुसालले राज्यको दक्ष र अनुशासित जनशक्ती सैनिक भई विभिन्न तालिमबाट खारिएर देशको माटो, झण्डा र जनतालाई सधै सर्वोपरी ठानी आफ्नो जिवनको अमुल्य समय योगदान गर्ने अवसर पाउनु आफुहरुको ठूलो पुण्यको काम भएको बताए । “माटोले माग्दैन आफैले दिनुपर्छ” भन्ने आदर्श वाक्यलाई मनन गर्दै अवकाश जीवनमा आजसम्म सिकेको सीप, कला, ज्ञानलाई गाउँघरमा आईपर्ने विपद (बाढी पहिरो, आगजनी,दुर्घटना आदि) मा स्थानिय सरकारलाई सहयोग गर्न साथै भाविपिढीलाई नैतिकवान ,जिम्मेवार नागरिक बन्ने प्रेरणा दिदै देश विकाशमा सहयोग गर्न मेजर भुसालले आग्रह गरेका थिए।

हालसम्म नवलपुर जिल्लाका कावासोती नगरपालिका,हुप्सेकोट गाउँपालिका,गैडाकोट नगरपालिका र देवचुली नगरपालिका इकाइ कमिटी गठन भईसकेको र माघ २१ गते मध्यबिन्दु नगरपालिका साथै माघ २८ गते विनय त्रिवेणी गाउँपालिकामा इकाइ गठन गर्ने संघले जनाएको छ। बौदिकाली र बुलिङटार गाउँपालिकामा भुपु सैनिकको सम्मेलन पश्चात इकाइ गठन गरिने जानकारी समेत संघले दिएको छ।

Write your Comment