आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयरद्वारा सुनगाभा युवा क्लबलाई खेल सामग्री प्रदान

    प्रकाशित २०७९ माघ १४, शनिबार (१ साल अघि)


नवलपुर । स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रा लिद्वारा सुनगाभा युवा क्लबलाई खेल सामग्री प्रदान गरिएको छ।गैँडाकोट वडा नम्बर १० मा २०५० सालमा स्थापित सुनगाभा युवा क्लबलाई लगभग तीस हजार बराबरको फुटबल खेल सामाग्री प्रदान गरिएको हो । क्लबलाई अझै २० हजार रुपैयाँ बराबरको खेल सामग्रीहरू प्रदान हुने प्रक्रियामा रहेको स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रा.लि.ले जनाएको छ।

शनिबार सामाजिक सेवा अन्तर्गत क्लबका अध्यक्ष पुर्णकुमार श्रेष्ठ र स्माईल डेण्टलको तर्फबाट सञ्चालक डा.बिष्णु प्रसाद सुबेदी बिच सम्झौता भए अनुरुपको सामाग्री हस्तान्तरण गरिएको हो।क्लबको आवश्यकता अनुरुप फेरी पनि सहयोग गर्न सकिने र आगामी दिनहरुमा क्रमश: स्वास्थ्य, शिक्षा,सङ्गित, योग लगायतका कार्यक्रम लिएर वडा भित्र कार्यक्रम गरिने डा.बिष्णु सुबेदीले बताए। स्माईल डेण्टलले आगामी बैशाखमा २ किलोमिटर म्याराथन दौडको आयोजना गर्ने तयारी रहेको सुबेदीले बताए ।

गैंडाकोट वडा नम्बर १० का अध्यक्ष देविदत्त कडेलको प्रमुख अतिथि रहेको खेल सामग्री हस्तान्तरण कार्यक्रममा सुनगाभा यूवा क्लबका अध्यक्ष पुर्णकुमार श्रेष्ठ,जिल्ला खेलकुद विकास समितिका बिष्णुलाल श्रेष्ठ, मुकुन्दपुर वेलफेयर सोसाईटीका सदस्य मोहन अर्याल,समाजसेवी प्रेम खरेल,डोलराज न्यौपाने र सुनगाभा युवा क्लबका खेलाडी लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा मुकुन्दपुर वेलफेयर सोसाइटीको तर्फबाट सदस्य मोहन अर्यालबाट क्लबको अध्यक्षलाई दश हजारको चेक हस्तान्तरण गरिएको थियो ।आगामी दिनहरुमा अझ बढी सहयोग मिल्ने र क्लबले प्रगति गर्दै जाने आशा रहेको क्लबका अध्यक्ष पुर्णकुमार श्रेष्ठले बताए ।

Write your Comment