आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

वडास्तरीय भलिबल प्रतियोगिता : देवचुली ७ र देवचुली १६ विजयी

    प्रकाशित २०७९ माघ ८, आईतबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकामा आजबाट वडास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। आज भएको दुई खेलमा देवचुली वडा नम्बर ७ र देवचुली वडा नम्बर १६ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।देवचुली नगर खेलकुद विकास समिति र देवचुली उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा चौथो देवचुली महोत्सव परिसर वरचुली माध्यमिक विद्यालयको खेल मैदानमा खेल सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा देवचुली वडा नम्बर ७ ले देवचुली वडा नम्बर ३ लाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो। सो खेलमा देवचुली वडा नम्बर ७ का प्रेम पौडेल क्षेत्री म्यानअफ द म्याच भएका छन्। त्यस्तै दोस्रो खेलमा देवचुली वडा नम्बर १६ बेलस्वाराले देवचुली वडा नम्बर ८ लाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो।सो खेलमा देवचुली वडा नम्बर १६ बेलस्वाराका विजय ओली म्यानअफ द म्याच भएका छन्।

प्रतियोगितामा देवचुली नगर भित्रका १४ वडाका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद पन्ध्र हजार रुपैयाँ ,दोस्रो हुने टिमले नगद आठ हजार रुपैयाँ र तृतीय हुने टिमले नगद पाँच हजार रुपैयाँ पाउने देवचुली नगर खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले जानकारी दिए। सोमबारको पहिलो खेल देवचुली वडा नम्बर १६ बाह्रकोल र देवचुली वडा नम्बर ६ बिच र दोस्रो खेल देवचुली वडा नम्बर १० र देवचुली वडा नम्बर ५ बिच हुने आयोजकले जनाएको छ।

Write your Comment