आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

नवलपुरमा दुईवटा गैडा मृत अवस्थामा भेटिए

    प्रकाशित २०७९ माघ ६, शुक्रबार (१ साल अघि)


नवलपुर।नवलपुरको सेहरीस्थित नारायणी नदी किनारमा दुईवटा गैडा मृत अवस्थामा भेटिएका छन् । दुईवटा गैडामध्ये माउ र बच्चा रहेको स्थानीयले जनाएका छन् । आजै बिहान मृत अवस्थामा भेटिएका दुई गैडामध्ये एउटाको खाग पनि निकालिसकेको पाइएको छ । स्थानीयका अनुसार चोरी शिकारीमा परेको हुन सक्ने आशंका छ ।

अहिले गैडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ भने अनुसन्धान थालिएको छ । खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमा परेको हुन सक्ने आकलन गरिएको छ । जंगल क्षेत्र नजिक रहेको हुँदा सेहरीमा पछिल्लो समय बाघको आक्रमण पनि बढेको स्थानीयले बताएका छन् । करिब १५ दिन भित्रमा बाघले २–३ वटा गाइवस्तु पनि खाइसकेको छ ।
-फाईल तस्वीर

Write your Comment