आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

पत्रकार त्रिभुवन पौडेलको निधनप्रति पत्रकार महासंघ नवलपुरको श्रद्धान्जली सभा

    प्रकाशित २०७९ माघ ३, मंगलबार (१ साल अघि)


कावासोती।आईतवार पोखरामा भएको जहाज दुर्घटनामा परी ज्यान गुमाउनु भएका पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको निधनप्रति नेपाल पत्रकार महासंघ नवलपुर शाखाले श्रद्धान्जली सभा गरेको छ ।नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा सोमवार उहाँको फोटोमा माल्यापर्ण, फुल गुच्छा र अविरले श्रद्धान्जली अर्पण गरिएको हो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष समेत रहनु भएका पौडेलको निधनले पत्रकारिकता जगतले ठुलो क्षती व्यहोर्नुपरेको पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले बताउनु भयो । उर्जाशिल, क्षमतावान एक कुशल पत्रकार गुमाउनुपर्दा सिंगो नेपाली पत्रकारीता जगत मर्माहत बनेको बताउँदै उहाँले मृतक पौडेलप्रती श्रद्धान्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । त्यसैगरी नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष वीरेन्द्र पराजुलीले त्रिभुवन पौडेलको निधनले पत्रकारीतामा ठुलो क्षती भएको बताउनु भयो । श्रद्धाञ्जी सभामा जिल्लाका कृयाशिल पत्रकारहरुको उपस्थिति रहेका थियो ।

पत्रकार पौडेलको निधनप्रति जिल्ला शाखा नवलपुरले शोक पुस्तिका कार्यालयमा राखेको नेपाल पत्रकार महासंघ नवलपुरका सचिव विष्णु गौडेलले बताउनुभयो । आगामी १३ दिनसम्म शोक पुस्तिका जिल्ला शाखाको कार्यालयमा राखिने सचिव गौडेलले जानकारी दिनु भयो ।

Write your Comment