आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024 Search
FLASH NEWS

नवलपरासीमा पिकअप र ट्रक एकआपसमा ठोक्किदा एक जनाको मृत्यु

    प्रकाशित २०७९ पौष २९, शुक्रबार (१ साल अघि)


नवलपरासी ।पश्चिम नवलपरासीको सुनवलमा पिकअप र ट्रक एकआपसमा ठोक्किदा पिकअप चालकको मृत्यु भएको छ ।शुक्रबार बिहान करिब छ बजे सुनवल ४ अल्कत्रेडाँडामा भएको सवारी दुर्घटनामा परि भरतपुर महानगरपालिका १४ शिवनगर बस्ने वर्ष ५२ का राजकुमार बि.क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ४ च ९६३१ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ९७१५ नम्बरको ट्रक एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परि पिकअप चालक बि.क.को टाउँको र शरिरका विभिन्न भागमा चोट लागेको थियो ।

ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलि र स्थानीयको सहयोगमा बि.क.को उद्धार गरि उपचारका लागि पृथ्वी चन्द्र जिल्ला अस्पताल ल्याइएको थियो । चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका डिएसपी पाण्डेले बताउनुभयो । भने बि.क.को शव अहिले अस्पतालमै राखिएको छ । पिकअपमा सवार भरतपुर महानगरपालिका वडा नम्बर २३ बस्ने वर्ष २५ का शिव श्रेष्ठ घाईते भएका छन् । उनको टाउको र दुबै खुट्टामा चोट लागेको छ । उनको देवदह मेडिकल कलेज भलुहिमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ३ हांडिखोला बस्ने वर्ष ४८ का कान्छा तामाङ र दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरिक्षक पाण्डेले जानकारी दिनुभयो ।

Write your Comment