आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024 Search
FLASH NEWS

बालअधिकारको संरक्षण र प्रत्याभूति गर्न नगरपालिका गम्भीर छ : मध्यविन्दु नगरप्रमुख अधिकारी

    प्रकाशित २०७९ पौष २८, बिहिबार (१ साल अघि)


नवलपुर।मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगरपालिकाले बालअधिकारको संरक्षण र प्रत्याभूति गर्न नगरपालिका गम्भीर रहेको बताउनु भएको छ । उहाँले मध्यविन्दु नगरपालिकालाई बालमैत्री स्थानीय तह बनाउन सुचाङ्कको आधारमा आवश्यक पूर्वाधारको तयारी गरिरहेको बताउनु भएको छ । नगरभित्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौगलिक अवस्थितिको कारण बालमैत्री स्थानीय तह निर्माणका केही सुचाङ्कहरु तत्काल पुरा गर्न हालको अवस्थामा कठिन देखिएपनि क्रमशः नगरपालिका भित्र बालमैत्री वातावरण तयारीको लागि काम भइरहेको उहाँले बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पुस २८ गते देखि मध्यविन्दु नगरपालिकामा बाल अधिकार समुहका लागि बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख अधिकारीले तालिममा प्राप्त ज्ञानलाई विद्यालयका अन्य विद्यार्थी सम्म पुर्‍याउने जिम्मेवारी सहभागी विद्यार्थीहरुको भएको बताउनुभयो ।विगतमा द्वन्दको अवस्थाबाट हालको अवस्थामा आईपुग्दा अधिकार प्राप्तिको अवस्थामा सुधार भएपनि कानुन र अधिकारका बारेमा ज्ञान नहुँदा स्थानीय समुदाय अधिकारबाट बन्चित हुनु परेको उहाँले बताउनुभयो । यसका लागि मानव अधिकार शिक्षा सहित कानुनी सचेतनाको कार्यक्रम सञ्चालनको लागि इन्सेकसंग सहकार्य गर्न नगरपालिका तयार रहेको उहाँले बताउनुभयो ।

इन्सेक गण्डकी प्रदेशको आयोजनामा मध्यविन्दु नगरपालिकाको ज्ञानोदय माध्यमिक विद्यालय र नेपाल लोकसेवा माध्यमिक विद्यालयका बाल अधिकार समुहका सदस्यहरुको लागि शुरु भएको तालिम पुस २९ गते सम्म सञ्चालन हुनेछ । तालिममा बाल अधिकार र बाल संरक्षण, बाल अधिकार सम्बन्धि ऐन २०७५ तथा बाल अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि १९८९, बालमैत्री स्थानीय शासन, बाल यौन शोषण, दुर्व्यवहार तथा बेचविखन, भित्ते पत्रिका चिनारी, विद्यालय तथा समाज स्वच्छ वातावरण मैत्री बनाउन बालबालिकाहरुको भूमिका, बालमैत्री स्थानीय शासनका लागि मध्यविन्दु नगरपालिकाको नीति तथा कार्यक्रमहरु, लैंगिक हिंसा र जातीय छुवाछूत, संगठन व्यवस्थापन र नेतृत्वशैली, बाल अधिकार र जिम्मेवारी, बाल अधिकार समूह संचालन प्रक्रिया र यसको जिम्मेवारी लगायतको विषयमा सहजीकरण गरिने इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले बताउनुभयो ।

तालिमको पहिलो दिन मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले मध्यविन्दु नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएका बाल अधिकार सम्बन्धी कार्यक्रम, नगरपालिकामा विनियोजित बजेट र त्यसको कार्यान्वयनको बारेमा प्रस्तुति गर्नुभयो । उहाँले विद्यालय तहमा नै बालबालिकाको क्षमता अभिवृद्धि संगै जीवन उपयोगी शिक्षाको लागि नगरपालिकाले कार्यक्रमहरु तयार गरिरहेको बताउनुभयो ।

कार्यक्रम उद्घाटन शत्रका अध्यक्ष मानव अधिकार समुह मध्यविन्दुका अध्यक्ष भुपलाल अर्यालले विद्यालयमा गठित समुह र नगरस्तरीय मानव अधिकार समुह बीचको समन्वयमा बाल अधिकारको क्षेत्रमा आगमी दिनहरुमा कार्यक्रम सञ्चालनको लागि सहकार्य गर्ने बताउनुभयो ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले स्वागत मन्तव्य राख्दै इन्सेकको परिचय र तालिमको उद्देश्यबाट प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा इन्सेक गण्डकी प्रदेश फोकल पर्सन सवनम शर्मा, जिल्ला सहजकर्ता राजु चापागाईं लगायतले सहजिकरण गर्नुभयो ।

Write your Comment