आज:  २०८१ चैत्र ५, मंगलबार | Tue, 18, Mar, 2025 Search
FLASH NEWS

सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत भेटिए

    प्रकाशित २०७९ पौष २८, बिहिबार (२ साल अघि)


चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी क्षेत्रको नारायणी नदीको बगरमा भाले पाटेबाघ मृत फेला परेको छ। अन्दाजी १५ वर्षको बाघ प्राकृतिक कारणले मरेको उनले जानकारी दिए।

यस आर्थिक वर्षमा बाघ मरेको यो पहिलो हो। यस्तै बुधबार नै निकुञ्जको सौराहा क्षेत्रअन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जमा लिङ्ग पहिचान हुन नसकेको गैँडा मृत फेला परेको छ। अन्दाजी पाँच वर्षको गैँडा मृत फेला परेको तिवारीले जानकारी दिए। बाघको आक्रमणबाट गैँडा मरेको उनले जानकारी दिए। गैँडाको खाग र खुर सुरक्षित रहेको छ। यससँगै चालु आवमा प्राकृति कारणबाट आठ गैँडा मरेका छन्। यस वर्ष चोरी सिकारीबाट गैँडा मर्न पाएका छैनन्। रासस

Write your Comment