आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

चौथो देवचुली महोत्सवको तयारी भेला र अन्तरक्रिया

    प्रकाशित २०७९ पौष २८, बिहिबार (१ साल अघि)


खगेन्द्र पराजुली,देवचुली।देवचुली उद्योग वाणिज्य संघले चौथो देवचुली महोत्सव लक्षित तयारीलाई तिव्रता दिएको छ । माघ ५ देखि १५ गतेसम्म आयोजित महोत्सवलाई सफल पार्ने उदेश्यका साथ महोत्सव क्षेत्र रजहरमा अन्तरक्रिया तथा संघको कार्यालय दलदलेमा उपसमितिको भेला गरेको हो ।

महोत्सवलाई नजिकैबाट ब्यवस्थापन गर्ने भूमिकामा स्थानीयको महत्वपूर्ण जिम्मेवारी हुने भएकाले वडा नं. १७ स्थित वडा कार्यालयमा संघसंस्थाका पदाधिकारी प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सामाजिक, जातिय साँस्कृतिक संस्थाका प्रतिनिधिसहितको संयुक्त उपस्थितिमा अन्तरक्रिया गरिएको महासचिव विनोद सिलवालले जानकारी दिएका छन् ।

यस्तै, दलदलेमा भएको कार्यक्रममा समेत महोत्सवका लागि बनाईएका उपसमितिका संयोजक, सह–संयोजक र सदस्य तथा उद्योग वाणिज्य संघको सञ्चालक समितिकावीच छलफल अन्तरक्रिया सहित सक्रियताका साथ जिम्मेवारी वहन गर्न आग्रह गरिएको सिलवालले बताए ।

रजहरमा सम्पन्न अन्तरक्रियामा वडा नं. १७ का अध्यक्ष दीपक चालिसे (गणेश)को प्रमुख आतिथ्यता थियो भने दुवै कार्यक्रमको अध्यक्षता वरिष्ठ उपाध्यक्ष एवं संघसंस्था समन्वय उपसमितिका संयोजक तेजप्रसाद न्यौपानेले गरेका थिए ।

अहिले महोत्सव परिसर बरचुली खेल मैदानमा स्टल निर्माण लगायतका कार्यहरु भैराखेको छ । अव क्रमिक रुपमा फन पार्क तथा उद्यानको ब्यवस्थापन हुनेछ । साँस्कृतिकतर्फ तामाङ, थारु र मगर जातिको परम्परा झल्किने घर संग्रहालय निर्माण र प्रदर्शनीका निम्ति स्थानीय जातिय सास्कृतिक समूहलाई जिम्मा दिईएको समेत सिलवालले बताए ।

Write your Comment