आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकामा बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरु

    प्रकाशित २०७९ पौष २६, मंगलबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिकामा बाल अधिकार समुहका लागि बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।इन्सेक गण्डकी प्रदेशको आयोजनामा देवचुली नगरपालिकाको भीमसेन आदर्श मावि र कालिका माविका बाल अधिकार समुहका सदस्यहरुलाई दुई दिनको तालिम भीमसेन आदर्श माविको सभाहलमा सुरु गरिएको हो ।


दुईदिनसम्म बाल अधिकार र बाल संरक्षण ,बाल अधिकार सम्बन्धि ऐन २०७५ तथा बाल अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि १९८९, बालमैत्री स्थानीय शासन,बाल यौन शोषण, दुर्व्यवहार तथा बेचविखन,भित्ते पत्रिका चिनारी,विद्यालय तथा समाज स्वच्छ वातावरण मैत्री बनाउन बालबालिकाहरुको भूमिका,बालमैत्री स्थानीय शासनका लागि देवचुली नगरपालिकाको नीति तथा कार्यक्रमहरु,लैंगिक हिंसा र जातीय छुवाछूत,संगठन व्यवस्थापन र नेतृत्वशैली,बाल अधिकार र जिम्मेवारी,बाल अधिकार समूह संचालन प्रक्रिया र यसको जिम्मेवारी लगायतको विषयमा सहजीकरण गरिने इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले बताउनुभयो ।

देवचुली नगरपालिका मानव अधिकार समुहको अध्यक्ष कृष्णबहादुर विकको अध्यक्षता भएको तालिम उद्घाटनसत्रमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी,भीमसेन आदर्श माविका प्रधानाध्यापक अग्निधर भुसाल,विद्यालयका संरक्षक शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो।


उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख न्यौपानेले देवचुली नगरपालिका नेपालकै दोस्रो बालमैत्री स्थानीय तह भएकाले बालबालिकाको अधिकारका लागि नगर सदैव अगाडि रहेको बताउँदै बालबालिका सशक्तीकरणका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । दुई दिनसम्म तालिममा सिकेका कुरालाई विद्यालयका अन्य विद्यार्थीहरुलाई समेत सिकाउनका लागि भीमसेन आदर्श माविका प्रधानाध्यापक अग्निधर भुसालले सहभागीलाई आग्रह गर्नुभयो ।

तालिममा पहिलो दिन देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी ,इन्सेक प्रदेश संयोजक शिव खकुरेल, इन्सेक कार्यक्रम अधिकृत सवनम शर्मा, जिल्ला सहजकर्ता राजु चापागाईं, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्मा लगायतको सहजिकरण गर्नु भएको थियो ।

Write your Comment