आज:  २०८१ अषाढ ७, बिहिबार | Thu, 20, Jun, 2024 Search
FLASH NEWS

नवनियुक्त मुख्यमन्त्री अधिकारीले पदभार लगत्तै गरे यस्ता ५ निर्णय

    प्रकाशित २०७९ पौष २६, मंगलबार (१ साल अघि)


पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहणसँगै ५ निर्णय गरेका छन् । अधिकारी सोमबार मुख्यमन्त्री नियुक्त भएपछि शपथ ग्रहण लगत्तै पदभार समाल्न मुख्यमन्त्रीको कार्यालय पुगेका थिए ।

पदभार ग्रहण लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको शासकीय क्षमता अभिवृद्धि गर्न सुशासन कायम गर्ने र सेवा प्रवाह सहज बनाउनका लागि सुझाव पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठक तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशमा रहेका डायलिसिस सेवा आवश्यक पर्ने मिर्गौला पीडितलाई लक्षित गरी प्रदेश मातहतका अस्पतालमा डायलिसिस सेवा विस्तार गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले सरकारको प्रवक्तामा विना विभागीय मन्त्री सिता सुन्दासलाई जिम्मेवारी तोकेको छ ।

Write your Comment