आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

    प्रकाशित २०७९ पौष २५, सोमबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिकाको हिउँदे अधिवेशनमा चालु आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम संशोधन सहित स्थानीय वन ऐन २०७९ पारित गर्दै सम्पन्न भएको छ। नगर सभाले नगर शिक्षा ऐन २०७६ को संशोधन विधेयक र आर्थिक ऐनको संशोधन प्रस्ताव समेत सर्वसम्मत पारित गरेको छ।


सोमबार नगरसभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रम संशोधनसहितका प्रस्तावहरु माथिको छलफल पछि नगर सभा सदस्यहरुले नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रस्तावको पक्ष र विपक्षमा मत राख्न गरेको आव्हानमा सबै नगरसभा सदस्यले हुन्छ भन्ने मत राखेसँगै प्रस्तावहरु सर्वसम्मत पारित भएको नगरप्रमुख न्यौपानेले सभामा जानकारी गराउनुभयो ।

नगरसभामा विधायन समितिका संयोजक एकदेव पौडेलले स्थानीय वन ऐन २०७९,शिक्षा ऐन २०७६ को संशोधन विधेयक र आर्थिक ऐनको संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । नगर उप प्रमुख पार्वता तिवारीले सभामा चालु आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आर्थिक बर्षको पहिलो ५ महिना मंसिर मसान्तसम्मको वित्तिय प्रगति समिक्षा समेत प्रस्तुत गर्नुभएको थियो ।


नगर सभाको छ्लफलमा नगर सभा सदस्यहरु नरबहादुर थापा, सुवोचन्द्र सुवेदी, मानकुमार श्रेष्ठ र चित्रबहादुर थापाले संशोधित बजेट,विधेयकमाथि जिज्ञासा राखेका थिए । उठेका सवालहरु माथि देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, नगर उपप्रमुख पार्वता तिवारी र प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले प्रष्ट पार्नुभएको थियो ।

Write your Comment