आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड नवलपुरको अध्यक्षमा हाेमनाथ जैसी चयन

    प्रकाशित २०७९ पौष २४, आईतबार (१ साल अघि)


नवलपुर। जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड नवलपुरको अध्यक्षमा होमनाथ जैसी सर्वसम्मत रुपमा चयन भएका छन्। जिल्ला बचत तथा ऋण सहकारी लिमिटेडको २८ औँ वार्षिक साधारण सभाले रिक्त भएको अध्यक्ष पदमा जैसीलाई चयन गरेको हो । रिक्त अन्य पद उपाध्यक्षमा बद्रीनाथ नेपाल र सदस्यमा चन्द्रप्रसाद तिवारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।जिल्लामा ५५ वटा बचत तथा ऋण सहकारी संस्थाहरु जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड नवलपुरको सदस्य रहेका छन् ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका कार्यवाहक अध्यक्ष होमनाथ जैसीको अध्यक्षतामा भएको २८औं वार्षिक साधारण सभामा नेपाल बचत तथा ऋण सहकारी लिमिटेडका केन्द्रीय महासचिव दामोदार अधिकारीको प्रमुख आतिथ्यतामा रहेको थियो। कार्यक्रममा सह-सचिव नारायणप्रसाद पौडेलले स्वागत मन्तव्य र सचिव देवराज पौडेलले सहजीकरण गरेका थिए। साधारण सभामा संस्थापक अध्यक्ष खेमराज सापकोटा, पूर्व अध्यक्षहरु ईन्द्रराज ज्योति पौडेल, माधवप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment