आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कस्तो रहला आज दिनभरको मौसम ?

    प्रकाशित २०७९ पौष २२, शुक्रबार (१ साल अघि)


नवलपुर । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। शुक्रबार देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भूभागहरूमा हुस्सु र कुहिरो शीतलहर लागिरहेको छ।आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ भने तराईका धेरै भूभागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै, आज राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।आज तराईका धेरै भूभागहरूमा बाक्लो हुस्सु र कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसैगरी, शनिबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।तराईका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

Write your Comment