आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

स्ववियु निर्वाचन चैत ५ गते गर्ने निर्णय

    प्रकाशित २०७९ पौष २१, बिहिबार (१ साल अघि)


काठमाडौं।विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउने निर्णय गरेको छ । आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले त्रिवि स्ववियु चुनाव चैत ५ गते गराउने निर्णय गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए । भोलि त्रिविको कार्यकारी बैठक बस्दैछ । उक्त बैठकले निर्णय अनुमोदन गर्नेछ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले निर्वाचन सम्बन्धी कार्यक्रम तीनदिन भित्रमा सार्वजनिक गर्न लागेको उनले बताए । २०६५ देखि नियमित हुन सकेको थिएन । १४ वर्षपछि हुन लागेको चुनावले १४ वर्षपछि त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन् ।

Write your Comment