आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

मुक्तिक्षेत्र गैंडी खानेपानी तथा सरसफाइ संस्थाको अध्यक्षमा पौडेल सर्वसम्मत चयन

    प्रकाशित २०७९ पौष १७, आईतबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १२ मा रहेको मुक्तिक्षेत्र गैंडी खानेपानी तथा सरसफाइ संस्थाको अध्यक्षमा डिलप्रसाद पौडेल सर्वसम्मत चयन भएका छन् । शनिबार भएको संस्थाको १० औं साधारण सभा तथा अधिवेशनबाट पौडेल अध्यक्षमा चयन भएका हुन् । अधिवेशनबाट पौडेलको अध्यक्षता ७ सदस्यीय समिति चयन समेत गरिएको हो ।

जसको उपाध्यक्षमा झविलाल भुसाल, सचिवमा लोमकान्त काफ्ले, कोषाध्यक्षमा सविता पराजुली र सदस्यहरुमा मञ्जु बि.क, देवी पराजुली, तेज कुमारी क्षेत्री चयन भएका हुन् । त्यस्तै अधिवेशनबाट लेखा समिति संयोजकमा शिव प्रसाद पराजुली, सदस्यमा प्रकाश काफ्ले र जुना थनेत,अनुगमन समिति संयोजकमा डिला गौतम, सदस्यमा दुर्गा प्रसाद सुवेदी र खड्कबहादुर पौडेल , सल्लाहकार समितिमा भिमलाल तिवारी, चित्र प्रसाद पराजुली र दिनेश भुसाल चयन भएका छन् ।

Write your Comment