आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

गैरसरकारी संस्था महासंघ नवलपुरकाे अध्यक्षमा खेमराज सापकोटा

    प्रकाशित २०७९ पौष १२, मंगलबार (१ साल अघि)


कावासाेती। गैरसरकारी संस्था महासंघ नवलपुरको दसौ अधिवेशनबाट खेमराज सापकोटाको अध्यक्षयतामा ११ सदस्यीय कार्यसमिती चयन भएको छ । संस्थाले २४औ साधारण सभा र दसौं अधिवेशन सोमबार सम्पन्न गरेको हो। जसको उपाध्यक्षमा जनक तिवारी, सचिवमा दिपक शर्मा सहसचिवमा सुभाष देवकोटा र काेषाध्यक्षमा निर्मला पौडेल निर्विरोध चयन भयका छन । त्यसैगरी सदस्यहरुमा सारदा पाण्डेे , देविसरा पुलामी , बेलबहादुर पौडेल , लेखनाथ दवाडी , सुरज गरे र हुमकला पोख्रेल चयन भयको निर्वाचन समितिका संयोजक ईन्द्र ज्योती पौडेलले जानकारी गराए।

गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुबेदीले सामाजिक कार्यमा निरन्तर लागिरहेको महासंघ पछिल्लो समयमा स्थानीय तह सङ्ग सहकार्य नहुदा गतिविधि कम देखियको छ अबका दिनमा महासंघले कार्यविधि बनाएर स्थानीय तह सङ्ग मिलेर काम गर्ने विदेशीले सहयोग गर्छकी भनेर नकुर्ने समेत बताएका थिए । स्थानीय तहमा ठूलो बजेट विनियोजन हुन्छ त्यो बजेट शीर्षक अनुसार महासंघ सङ्ग सहकार्य गर्न सुबेदीले अनुरोध गरेका छन ।

कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष भिमप्रसाद शर्मा , राजेन्द्र प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ अध्यक्ष विरेन्द्र पराजुली , नवलपुर उधोग वाणिज्य संघका अध्यक्ष बैकुन्ठ अर्याल लगायतले शुभकामना व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष बद्री नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न सामाजिक संघसंस्थालाई महासंघले सम्मान गरेको थियो ।

Write your Comment