आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

प्रजनन स्वास्थ्य, लैङ्गिक समानता तथा किशोरी अधिकार सम्बन्धि अभिमुखीकरण सम्पन्न

    प्रकाशित २०७९ पौष ९, शनिबार (१ साल अघि)


देवचुली। देवचुली १० मा प्रजनन स्वास्थ्य, लैङ्गिक समानता तथा किशोरी अधिकार सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ । देवचुली नगरपालिका वडा नम्बर १० मा रहेको मिलन आमा समुहको आयोजना तथा देवचुली १० को वडा कार्यालय,जागृति बाल तथा युवा सरोकार नेपाल र क्यान्नलानको समन्वयमा गाउँ घर क्लिनिकको हलमा कार्यक्रम गरिएको हो । किशोरीहरुलाई प्रजनन स्वास्थ्यको बारेमा जानकारी गराउन,प्रजनन स्वास्थ्यको समस्याहरु धेरै रहेको र बेलैमा सचेतना गर्दा किशोरीहरुलाई फाईदा हुने भएकाले कार्यक्रमको आयोजना गरिएको आमा समुहका अध्यक्ष मीना सापकोटाले बताउनुभयो ।


कार्यक्रमको समुदघाटनमा बोल्दै देवचुली वडा न १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरले वडा कार्यालयले सदैव सबै वर्गका लागि कार्यक्रम संचालन गर्ने र समुदायमा हुने हरेक क्रियाकलापमा सहकार्यका लागि तयार रहेको बताउनुभयो । हिंसा अन्त्य गरि समुन्नत वडा बनाउनका लागि सबै जना सहकार्य गर्नुपर्ने उहाँले बताउनुभयो । वडा अध्यक्षले कार्यक्रममा सिकेका कुरा समुदायमा पुर्‍याउन किशोरीलाई आग्रह समेत गर्नुभएको थियो।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय रजहरका प्रहरी सहायक निरीक्षक कृष्णकान्त न्यौपानेले किशोरीहरुलाई प्रजनन स्वास्थ्य सँगै किशोरी माथि हुने हिंसाहरु र त्यसबाट बच्ने उपायहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । त्यसै गरि जागृति बाल तथा युवा सरोकार नेपालका सदस्य आशा वि. क.ले किशोरी सशक्तीकरण तथा महिनावारी स्वच्छताको बारेमा सहजीकरण गर्नुभएको थियो। देवचुली नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत पिताम्बर भुर्तेलले किशोरी अवस्थामा आउने परिवर्तन तथा प्रजनन स्वास्थ्यका विषयमा सहजीकरण गर्नुभएको थियो ।


मिलन आमा समुहको अध्यक्ष मीना सापकोटाको अध्यक्षता भएको कार्यक्रममा देवचुली १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटा, वडा सदस्यहरु,समाजसेवी तथा विभिन्न आमा समुहहरुबाट किशोरीहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रमको संचालन आमा समुहको सचिव सिमा गिरीले गर्नुभएको थियो भने उपाध्यक्ष शान्ति पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Write your Comment