आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नवलपुर प्रशासनमा बुझाए व्यवसायीले हस्ताक्षर

    प्रकाशित २०७९ पौष ६, बुधबार (१ साल अघि)


कावासोती।बैंक तथा वित्तिय संस्थाहरुले व्याजदर वृद्धि गरेको भन्दै आन्दोलित नवलपुर उद्योग वाणिज्य संघ, देवचुली वाणिज्य संघहरुको पहलमा बुधबार जिल्ला प्रशासन कार्यालय मार्फत उद्योगी व्यापारीहरुको सहभागितामा बैक व्याजदर एक अंकमा ल्याउनुपर्ने भन्दै विरोध स्वरुप संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख सुमन घिमिरे मार्फत प्रधानमन्त्री, अर्थ मन्त्री र गर्भनर बुझाएको छ ।

नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलका अनुसार पहिलो चरणको आन्दोलनको सुनुवाई नभएकोले दोस्रो चरणको आन्दोलन घोषणा गरिएको र दोस्रो चरणको आन्दोलन अन्तर गत जिल्लाका विभिन्न स्थानमा पुष ५ गते संकलित हस्ताक्षर आज पुष ६ गते बुझाईएको बताउनुभयो ।हस्ताक्षर बुझाउनु पुर्व नवलपुर उद्योग बाणिज्य संघको कार्यालयबाट जिल्लाका उद्योग वाणिज्य संघहरु, जिल्लाका वस्तुगत संघहरु सहितको सहभागीतामा शान्तिपुर्ण रुपमा विरोध र्‍याली निकालिएको थियो । र्‍यालीले जिल्ला सदरमुकामको मुख्य बजार क्षेत्र कावासोतीको परिक्रमा गरेको थियो ।

बैंक तथा वित्तिय संस्थाहरुले व्याजदर वृद्धि गरेको विरोधमा मंगलबार कावासोतीमा संकलित हस्ताक्षर नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठप्रसाद अर्याल र निवर्तमान अध्यक्ष डासुराज पोख्रेलले र देवचुलीमा संकलित हस्ताक्षर देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्य दवाडी, नि वर्तमान अध्यक्ष रेशम सापकोटा र संस्थापक अध्यक्ष धर्म बस्यालले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे मार्फत प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई बुझाउनु भएको थियो ।

नवलपुर जिल्ला भित्र रहेका उद्योग वाणिज्य संघहरुले पहिलो चरणको आन्दोलन अन्तरगत जिल्ला भित्र रहेका बैंक तथा वित्तिय संस्थाहरुलाई ज्ञापन पत्र बुझाएका थिए भने दोस्रो चरणको आन्दोलन अन्तरगत धर्ना तथा हस्ताक्षर संकलन अभियान गरेर विरोध प्रदर्शन र संकलित हस्ताक्षर प्रधानमन्त्री , अर्थ मन्त्री र गर्भरनरलाई बुझाउने घोषणा गरेका थिए ।

Write your Comment