आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै अरोमाका विद्यार्थी आन्दोलित

    प्रकाशित २०७९ पौष ६, बुधबार (१ साल अघि)


चितवन।भरतपुर महानगरपालिका १० मा रहेको अरोमा कलेज मंगलबार दिनभर तनावग्रस्त रह्यो । विद्यालय परिसरमा ठूलो संख्याका नेपाल प्रहरी र शसस्त्र प्रहरी तैनाथ थिए । विद्यार्थीहरु कलेज पोसाकमै आन्दोलनरत थिए । ‘वि निड जस्टिस, पिडीतलाई न्याय दे’ जस्ता नारा लगाइरहेका विद्यार्थीहरु आक्रोसित हुँदै न्यायको माग गरिराखेका थिए ।

अरोमा कलेजमा कम्प्युटर शिक्षक रामकृष्ण सुवेदीले छात्राहरुमाथि यौनदुर्व्यवहारको गरेको भन्दै विद्यार्थीहरु यसरी दिनभर आन्दोलनमा उत्रिएका हुन् । गत शुक्रबार कक्षा ११ व्यवस्थापन संकाय पढ्ने एक छात्राले शिक्षक सुवेदीले यौन दुर्व्यवहार गरेको भन्दै कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर कलेज प्रशासनले शिक्षकलाई कानुनी कठघरामा उभ्याउनलाई पहल नगरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । सोही कलेजको कक्षा ११ मा पढ्ने एक विद्यार्थीले शिक्षक सुवेदीले कम्प्युटर ल्याबमा सिकाइको क्रममा संवेदनशील अंगमा छोएको भन्दै उजुरी दिएकी थिइन् । कक्षा ११ मा पढ्ने एकछात्राले एकपटक मात्रै नभएर पटकपटक ती शिक्षकले संवेदनशील अंगमा छुन खोज्ने, धाप मार्ने, गाला सुम्सुआउन खोज्ने जस्ता हर्कत देखाउने गरेको सुनाइन् । ‘हामीलाई ल्याबमा पढ्ने बेला नराम्रोसँग छुन खोज्नुहुन्थ्यो । हामीले पढेको कुरा नजानेर सोध्दा कस्तो राम्रो हात भन्दै मुसार्न खोज्नुहुन्थयो । तर हामीले प्रतिकार गरिरह्यौँ । शुक्रबार मेरै साथीलाई नराम्रोसँग प्राइभेट पार्टमा छोएपछि उस्ले कलेजमा उजुरी गरेकी थिइ ।’ उनले भनिन्,‘अहिले हामीले बोलेपछि १२ कक्षामा पढ्ने दिदीहरुले पनि त्यो सरले यस्तै नराम्रो व्यवहार गर्नुभएको कुरा खोल्नुभएको छ ’ उनले भनिन् । कलेजमा उजुरी गरेपनि ती शिक्षकलाई कलेजले दुई दिनको ‘सस्पेन्ड’को नाटक गरेर कानुनी पक्रियामा नलगेको उनले आरोप लगाइन् । ‘म्यानेजमेन्ट ब्लकको हेडसरलाई हामीले खबर गरेका थियौँ तर उहाँले सस्पेन्ड गरेको मात्र भन्नुभयो । अहिले हामीले बोलेनौँ भने अब आउने ११ कक्षाका बहिनीहरुले पनि त्यही भोग्नुपर्छ त्यसैले हामीले बोलेका हौँ ।’ उनले आन्दोलनबारे जानकारी दिँदै भनिन् । पीडित विद्यार्थीसँग माफी माग्नुपर्ने र कानुनी कारबाहीमा पिडकलाई लग्नुपर्ने आफूहरुको माग रहेको उनले सुनाइन् । ‘पीडितको खुट्टा ढोगेर माफ माग्नुपर्छ र कानुनी कारबाहीमा लग्नुपर्छ’ उनले भनिन् । विद्यार्थीहरुले गरेको आन्दोलनमा प्रहरीले लाठीचार्ज गरेर ज्यादती गरेको पनि उनको आरोप थियो । सोही कलेजमा कक्षा १२ मा पढ्ने विवस रानाले कलेजले घटना दबाउन खोजेको बताए । ‘एकदुईचोटी भएपो पटक–पटक यस्तो घटना भइराखेको छ । कलेजले नै घटना दबाउन खोजेजस्तो लाग्छ । टिचरलाई सस्पेन्ड गर्ने छाड्ने गरेर भएन । कानुनी कारबाहीको हाम्रो माग हो ।’ उनले भने ।

कक्षा १२ मा विज्ञान संकायमा पढ्ने सलिना थापा आफ्नै कलेजमा बहिनीहरुले दुर्व्यवहार भोगेको थाहापाएपछि आन्दोलनमा उत्रिएको बताइन् । ‘हामी साइन्स पढ्नेले बल्ल थाहा पाएका हौँ । भोलि हामीलाई पनि यस्तो भोग्न नपरोस भनेर आन्दोलनमा उत्रेका हौँ ।’ उनले भनिन् । अरोमा कलेजका प्रीन्सिपल शेरबहादुर क्षेत्रीले घटनाबारे आइतबार मात्रै आफूले जानकारी पाएको र तुरुन्तै आरोपित शिक्षकलाई सोधपुछ गरि कलेजबाट निष्कासित गरेको बताउँछन् । ‘कम्प्युटर शिक्षकबाट ब्याड टचको कुरा आएकाले आइतबार व्यवस्थापन समितिसहितको बैठक बसेर निस्कासित गरेका हौँ ।’ उनले भने । विद्यार्थी र अभिभावकसँग बसेर थप छलफल गर्नेक्रममा मंगलबार विद्यार्थीहरुले आन्दोलन गर्दै कलेजको भौतिक संरचनामा पनि क्षति पुर्‍याएको उनले बताए । विद्यार्थीले कलेजको गाडी र झ्यालमा क्षति पुर्‍याएको उनले बताए । अहिले आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताउँदै उनले आवश्यक कानुनी कारबाही र अनुसन्धानमा कलेज प्रशासनले सहयोग गर्ने बताए । ‘पीडित विद्यार्थी हाम्रो छोरी सरह हुन् । आरोपितलाई बचाउने लुकाउने कुरा हुँदैन, कसुरअनुसारको सजाय पाउनुपर्छ भन्ने हाम्रो पनि माग हो ।´ उनले भने ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले यौन दुर्व्यवहारका आरोप लागेका शिक्षकलाई पक्राउ गरिएको पुष्टि गरे । उनले भने,‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिराखेका छौँ । पीडितको उजुरी आउने क्रममा छ’, उनले भने । कायाकैरन दैनिक 

Write your Comment