आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

देवचुलीमा रगत समूह पहिचान तथा आँखा शिविर

    प्रकाशित २०७९ मंसिर २४, शनिबार (१ साल अघि)

देवचुली।देवचुली नगरपालिका-७ रामबासमा रहेको भीमसेन आदर्श नमुना माविमा नि:शुल्क रक्त समूह पहिचान शिविर र नि:शुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी, रोटर्याक्ट क्लब अफ भरतपुर, नारायणी मोटर्स र सोही विद्यालयको अलुम्नाइ एसोसियसन भीसान नवलपरासीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा कुल ११७ जनाको रक्त समूह पहिचान गरिएको थियो । रक्त समूह पहिचानका लागि भरतपुरमा रहेको निर्णायक डाईग्नोसिसले विष्णु सेढाई सहित ३ जनाको प्राविधिक टोलीले नि:शुल्क प्राविधिक सेवा उपलब्ध गराएको आयोजक भीसान नवलपरासीका अध्यक्ष शेरबहादुर पौडेलले जानकारी दिए ।

पहिलेदेखि नै निरन्तर गरिएको सो कार्यक्रम विद्यालयको आवश्यकता अनुसार आगामी दिनमा पनि आयोजना गरिने रोटर्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष स्वरुप तिवारीले बताए ।

यसैगरी सोही विद्यालयका कुल १०२ जना विद्यार्थीहरुलाई भरतपुर आँखा अस्पातलको प्राविधिक सहयोगमा आँखा परिक्षण गरिएको थियो । दृष्टि विशेषज्ञ सुशान्त ज्ञवाली र भेषराज चौधरीले परिक्षण गरेको सो शिबिरमा रिफ्राक्टिव ईरर भएका १८ जना, चस्मा प्रयोग गर्नुपर्ने ६ जना र अस्पातल जानु पर्ने ३ जना आँखाका बिरामी विद्यार्थी भेटिएको आयोजक संस्था लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिए । त्यसैगरी चस्मा प्रयोग गर्नुपर्ने विद्यार्थीहरुलाई अस्पातलको समन्वयमा चस्मा उपलब्ध गराउनका लागि पहल गरिने क्लबका पूर्वअध्यक्ष बालगोपाल चुकेले बताए ।

सोही नगरपालिकको वडा नम्बर १२ गैडीमा रहेको दिव्यज्योति आधारभूत विद्यालयमा पनि लायन्स क्लब अफ नारायणगढ बालकुमारी र दिव्यज्योति भूतपूर्व विद्यार्थी मन्चले उत्तर पुस्तिका हस्तान्तरण गरेको थियो । नारायणगढमा सयपत्री छापाखानाले उपलब्ध गराएको आठ हजार पृष्ठको उक्त उत्तर पुस्तिका लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ का पिआरओ इन चिफ बालगोपाल चुके र क्लबका अध्यक्ष रामचन्द्र सापकोटा, पूर्वअध्यक्ष ईश्वरकुमार राजभण्डारी, अभिमन्यु श्रेष्ठ र ललितमान श्रेष्ठको उपस्थिति तथा वडाध्यक्ष लोकप्रसाद भुर्तेलको प्रमुख आतिथ्यमा विद्यालयका प्रधानाध्यापक मैनाकुमारी श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

 

Write your Comment