आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

नवलपुरको धोवादीमा जिप दुर्घटना, चार जनाको मृत्यु

    प्रकाशित २०७९ मंसिर १५, बिहिबार (१ साल अघि)


नवलपुर । नवलपुरको धौवादी कान्छिपानीमा भएको जिप दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । दलदलेबाट डेढगाउँ जादै गरेको गण्डकी प्रदेश ०४-००१ च -०००६ नम्वरकाे जीप धोवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हाे ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माका अनुसार हुप्सेकाेट गाउँपालिका वडा नं‍ ५ मा पर्ने कान्छीपानीमा साँझ ५ :२० वजे जीप दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा ४ जनाको निधन हुनुका साथै १० जना घाइते भएका छन् । दुर्घटनामा परी बुलिङटार ६ निवासी ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार ५ राइकोट निवासी ६७ वर्षीया मनसुभा बराल, बौंदीकाली २ डेढगाउँ निवासी केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडाको निधन भएको छ ।

घाइते मध्ये ८ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सामान्य अवस्था रहेका २ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटना भएको थाहा पाएलगत्तै प्रहरी प्रशासनको अग्रसरता र स्थानीयको सहयोगमा उद्धार कार्य भएको हो।

Write your Comment