आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

नवलपुर १ (ख) मा एमालेका रोशन बहादुर गाहा विजयी

    प्रकाशित २०७९ मंसिर ९, शुक्रबार (१ साल अघि)


नवलपुर । नवलपुर १(ख) बाट प्रदेश सभा सदस्यमा एमालेका रोशन बहादुर गाहामगर विजयी हुनु भएको छ । क्षेत्र नम्वर १ (ख)मा उहाँले गठबन्धन तर्फबाट माओवादी केन्द्रका लोकप्रसाद भुर्तेललाई भारी मतान्तरले पराजित गर्नु भएको हो ।

निर्वाचन कार्यालय कावासोतीका अनुसार गाहाले १७ हजार ८ सय २३ मत पाउनु भएको छ भने भुर्तेलले १४ हजार १ सय १६ मतमा चित्त बुझाउनु परेको छ ।गाहा लगातार दोश्रो पटक एउटै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो । उहा त्यसअघि संघिय सांसद र दुई पटक तत्कालिन गाउँ विकास समितिका अध्यक्ष भएर काम गरेको अनुभव समेत रहेको छ ।

नवलपुरका प्रदेश सभातर्फका ४ सिटमा एमाले ३ सिट र नेपाली कांग्रेस १ सिटमा विजयी भएको छ ।

Write your Comment