आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा मतपेटिकामा आगजनी

    प्रकाशित २०७९ मंसिर ४, आईतबार (१ साल अघि)


देवचुली ।नवलपुर क्षेत्र नम्बर १ अन्तर्गत देवचुली नगरपालिका- ४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटिकामा आगजनी गराइएको छ । आगजनी गराउने व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रदेश समानुपातिकतर्फको बाकसमा नारायण भण्डारी नामका व्यक्तिले एसिड प्रयोग गरि आगो लगाएर भागेका थिए । प्रहरीले मतदान केन्द्रबाट २ किलोमिटर पर पुगेपछि उनलाई पक्राउ गरेको हो । आगजनीबाट मतपत्र पनि जलेका छन् । कूल १ हजार ९९२ मतदाता रहेको शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा आगजनी हुनुपूर्व ३:४५ बजेसम्म १ हजार ३७७ मत खसेको थियो ।

एक घण्टा समय थपेर बाँकी रहेको मतदातालाई मतदान प्रक्रिया सुरु गरिएको छ । प्रदेश समानुपातिकतर्फ सो बुथमा पूर्ण मतदान गर्ने सहमति भएको छ ।

Write your Comment