आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

महानिर्देशकको आरोप :नवलपुर प्रशासनले राजमार्ग विस्तार रोक्न खोज्दैछ !

    प्रकाशित २०७९ मंसिर २, शुक्रबार (१ साल अघि)


नवलपुर । नारायणगढ –बुटवल सडक विस्तारको योजना विलम्ब हुँदा यस खण्डमा यात्रा गर्ने लाखौं यात्रुले समस्या झेल्दै आएका छन् । आयोजनाको काम सुस्त हुँदा समस्या पर्दै आएको छ । पछिल्लो पटक आयोजनाले आफ्नो कामलाई तिव्रता दिन खोज्दा स्थानिय प्रशासनले अवरोध पुर्‍याएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले आफ्नो फेसबुक मार्फत लेखेका छन् ।
उनले दुई वटा पोष्ट गरेका छन् । पोष्टमा राजमार्ग निर्माणका लागि आवश्यक कच्चा पदार्थ माटो, गिट्टी निकासीमा प्रशासनले रोक लगाउँदा समस्या उत्पन्न भएको जनाएका छन् । उनले लेखेका छन् ‘ जिल्लामा समन्वयको जिम्मा लिएर बसेकाहरु नै कसरी समस्या समाधान गरौं भनेर लाग्नु सट्टा कसरी बल्झाउ भनेर लागिदिँदा सबैलाई कठिन हुँदो रहेछ ।’
उनले उक्त पोष्टमा थप लेखेका छन् ‘सबैतिरबाट विरोध भएपछि आइइ/इआइए प्रतिवेदन मागेर राजमार्ग निर्माण रोक्न कानुनी उपाय खोज्दैछन् रे ।’

केहि दिन अघि समेत सडक विभागका महानिर्देशकले फेसबुकमा एउटा पोष्ट लेखेका छन् । त्यसमा समेत प्रशासनले निर्माण कार्य रोक्न खोजेको आरोप छ ।


चाडो सम्पन्न होस भन्ने आम धारण विपरित निर्माणको काम रोकिँदा यहाँका स्थानीय समेत आक्रोशित बनेका छन् । सामाजिक संजालमा प्रशासनले निर्माण कार्य रोकेको प्रति तिव्र आलोचना हुन थालेको छ ।

राजमार्गमा आवश्यक पर्ने माटो बोकेका टिपर अहिले देवचुलीमा रोकिएका छन् । कावासोतीमा समेत राजमार्गमा केरुङ्गेको गिट्टी नियमनुसार खरिद गरि प्रयोग गर्ने र माघ/फागुन अघि बजार क्षेत्रको काम सक्ने सहमती भएको भएपनि यस कार्य समेत प्रभावित बन्ने देखिएको छ ।

Write your Comment