आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

मतदान केन्द्रमा क्यामेरा र मोबाइल लैजान नपाइने

    प्रकाशित २०७९ कार्तिक ३०, बुधबार (१ साल अघि)


नवलपुर।निर्वाचन आयोगले निर्वाचनका क्रममा मतदान केन्द्रमा क्यामरा, मोबाइललगायतका निषेधित वस्तु लैजान नपाइने निर्णय गरेको छ ।

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा कसैले क्यामरा वा मोबाइल बोकेर मतदान कक्षमा गएमा तत्काल क्यामरा वा मोबाइल जफत हुने आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानून बमोजिम कारबाहीका लागि सुरक्षा निकायलाई जानकारी दिने पनि आयोगको भनाइ छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने आयोगले निर्णय गरेको छ ।

Write your Comment