आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

भुकम्प अपडेट : डोटीमा मृत्यु हुनेको संख्या ६ पुग्यो, दर्जन बढी घाइते

    प्रकाशित २०७९ कार्तिक २३, बुधबार (१ साल अघि)


नवलपुर।पश्चिम नेपालमा पुन: ठूलो भूकम्प गएको छ । पराकम्प पनि गइरहेको छ । बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा उक्त घटना भएको हो ।

गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ । एक दर्जनभन्दा बढी घाइते छन् । केहीको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका स्थानीय प्रशान्त खड्काले बताए । २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो । पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र बिन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो । गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन् । उनीहरू चिसोमा खुला आकाशमुनि रात बिताइरहेका छन् ।

नेपालसहित भारत र चीन पनि हल्लायो

नेपालसहित उत्तर भारतमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको गहिराई जमिनमुनि १० किलोमिटर थियो । केन्द्रका अनुसार भूकम्पको म्याग्निच्युड रिक्टर स्केलमा ६.३ मापन गरिएको थियो ।

भारतको मणिपुर बाहेक दिल्ली-एनसीआर, उत्तर प्रदेश र बिहारमा पनि भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो। हालसम्म भारतमा मानवीय क्षतिको विवरण भने आएको छैन । भूकम्प मापन केन्द्रका अनुसार नेपाल र भारतका साथै चीनमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
नेपाल प्रेस

Write your Comment