आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको बारेमा कावासोतीमा अभिमुखीकरण

    प्रकाशित २०७९ कार्तिक २१, सोमबार (१ साल अघि)


कावासोती। किशोर र किशोरीहरुको लागि मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन अभिमुखीकरण कार्यक्रम कावासोतीमा सम्पन्न भएको छ।

किशोरअवस्था कसरी मानसिक रुपमा स्वस्थ रहने र तनावहरुको व्यवस्थापन गर्ने सिपको बारेमा सोमबार कावासोती १५ चन्डेश्वरी माध्यमिक विद्यालयका किशोरकिशोरीलाई अभिमुखीकरण गरिएको हो । जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमका ३५ जना किशोरीहरुलाई जीवन उपयोगी सिप र किशोरकिशोरी अवस्थामा आउन सक्ने परिवर्तन र तनाव व्यवस्थापनको तालिम पश्चात उनीहरुले आफुले अध्ययन गरेको विद्यालय तथा आफ्नो समुदायमा अभिमुखीकरण गर्न थालेका हुन्।


कार्यक्रममा विद्यालयमा पढने बालबालिकाहरुलाई तनाव भनेको के हो ? तनावको व्यवस्थापन कसरी गर्ने ? मानसिक स्वास्थ्य भनेको के हो ? मानसिक रुपमा स्वस्थ रहने उपायहरुको बारेमा छलफल गरिएको अभियन्ता सबिना पान्डेले बताइन्। आफु पनि सोही उमेर समुहमा रहेको तर तालिममा आफुले सिकेको भएर साथीहरुलाई सिकाउन थालिएको पान्डेले बताइन्।किशोर अवस्थामा हुँदा साना साना विषयहरुमा तनाव लिने गरेको र तालिम पश्चात आफुमा सो व्यवहार परिवर्तन गर्न सफल भएकोले अहिले साथीहरुलाई सिकाँउदा खुसी लागेको उनले बताइन्।

पढाई, खेलकुद, साथीहरुसँगको सम्बन्ध, मोबाईल र माया प्रेम जस्ता सामान्य विषयहरुमा बढी तनाव लिने गरेको, प्रतिसोध साँध्ने र रिसिबी समेत लिने गरेको कारणले धेरै किशोरकिशोरीहरुले धुम्रपान, मद्यपान र लागु औषधको प्रयोग गर्ने गरेको सहभागीले बताए । किशोर अवस्थामा विपरित लिँगप्रतिको आकर्षण सामान्य हो र यसको सही व्यवस्थापन गर्न नसक्दा साथी साथी बिच झगडा हुने, कुटपिट हुने, नबोल्ने र प्रतिशोध समेत लिने गरेको साथै कतिपय अवस्थामा असुरक्षित यौन सम्पर्क समेत हुने गरेकोले सचेतना प्रवाह गर्न आवश्यक रहेको सहभागीहरुले बताए ।


विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष ८ लाख मानिसहरुको मृत्यु आत्महत्याबाट हुने गरेको जनाएको छ । यो समुहमा अझै किशोर अवस्थामा रहेकामा बढी रहेको संगठनले प्रतिवेदनमा उल्लेख गरेको छ । ९० प्रतिशत आत्महत्याहरु मानसिक रुपमा स्वस्थ नरहेका र तनावमा रहेकाबाट हुने गरेको उसको प्रतिवेदनमा समावेश गरेको छ ।

अभिमुखीकरण कार्यक्रमको किशोरी अभियन्ताहरु आशा बि.क., ओमकला बोटे र सबिना पान्डेले सहजीकरण गरेका थिए।कार्यक्रममा विद्यालयको फोकल शिक्षक नविना गैरे, शिक्षकहरु र किशोरकिशोरीहरु सहित ५० भन्दा बढीको सहभागिता रहेको थियो ।

Write your Comment