आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    प्रकाशित २०७९ कार्तिक १५, मंगलबार (१ साल अघि)


कावासोती । नवलपुर जिल्लामा कार्तिक १९ गते देखि साप्ताहिक रुपमा नवलपुर उद्योग वाणिज्य संघको कार्यक्षेत्र भित्रका व्यापारिक फमहरु शनिबार नियमित बजार बन्द हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाका वस्तुगत संघसँग भएको अन्तक्रिया र बैठकले आउदो कार्तिक १९ गते देखी सबै व्यापारिक फमहरु शनिबार नियमित रुपमा बन्द गर्ने निर्णय गरेको नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले जानकारी दिनुभयो ।

विगतमा नवलपुर जिल्लाका बजारहरु शुक्रबार बन्द हुदै आएकोमा वस्तुगत संघ,समितिहरुलाई शनिबार बजार बन्द गर्न मौखिक र लिखित अनुरोध गर्दै आएकोले वस्तुगत संघ, समितिहरुको मागलाई सम्बोधन गर्न गत असोज २ गते सम्पन्न अन्तरक्रिया र कार्तिक १५ गते संघको कार्यालयमा बसेको बैठकले आउँदो कातिक १९ गते शनिबारदेखि बजार बन्द गर्ने, बन्दलाई एकरुपता ल्याउन स्थानिय पालिका र हाटबजार समितिसँग छलफल गर्ने निर्णय गरेको महासचिव पोख्रेलले जानकारी दिनुभयो ।

आज संघको कार्यालयमा बसेको संयुक्त बैठकले बन्दलाई प्रभावकारी बनाउन वस्तुगत संघहरु, कार्य क्षेत्रका स्थानिय पालिका, बजार विकास समितिलाई पत्रचार गर्ने, बन्दलाई बन्दलाई एकरुपता ल्याउन संघका वाणिज्य उपाध्यक्ष राजेन्द्र पाण्डे संयोजक रहेको अनुगमन समिति समेत गठन गरीएको छ । अनुगमन समितिमा नवलपुर उद्योग वाणिज्य संघ कार्यसमिति सदस्यहरु हरीकला ढकाल, शिव पोख्रेल लेखा समिति सदस्य मित्रलाल पाण्डे र वस्तुगत संघका अध्यक्ष वा प्रतिनिधि पदेन सदस्य रहने गरी अनुगमन समिति गठन गरीएको महाचिव पोख्रेलले जानकारी दिनुभयो ।

बैठक नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Write your Comment