आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

गठबन्धनलाई जिताउन सकेमात्र लोकतन्त्रको रक्षा-केन्द्रीय सचिव दिनानाथ शर्मा

    प्रकाशित २०७९ कार्तिक १५, मंगलबार (१ साल अघि)


दिपक भट्टराई,देवचुली । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव दिनानाथ शर्माले गठबन्धनलाई जिताउन सकेमात्र लोकतन्त्रको रक्षा हुन सक्ने बताउनु भएको छ ।

पाँचदलीय गठबन्धनद्वारा नवलपुरको देवचुलीमा आज नवलपुरको क्षेत्र नम्बर १ को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै शर्माले विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने उल्लेख गर्नु भयो ।

उहाँले प्रचण्ड र गिरिजाप्रसाद कोईरालाकै पहलमा बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृत्तिका विरुद्धमा गठबन्धन बनेको धारणा राख्नु भयो ।आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन सबै एक भएर लाग्नुपर्ने आजको आवश्यकता भएको बताउँदै एक ढिक्का भएर गठबन्धनका उम्मेदवारहरूलाई जिताउन गठबन्धनका कार्यकर्ता एवं नेताहरूलाई आग्रह गर्नुभयो । अहिलेको गठबन्धन निर्वाचन जित्नको लागि बनाएको नभई राष्ट्र, लोकतन्त्र, गणतन्त्रको रक्षाको लागि भएको भन्दै शर्माले ढुक्कसँग गठबन्धनका उम्मेदवारलाई जिताएर लोकतन्त्र को रक्षा हुन सक्ने धारणा राख्नु भयो ।

नेता शर्माले संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउनेविरुद्ध आफूहरु गठबन्धन गरेर निर्वाचनमा गएको दाबी गर्दै मंसिर ४ को निर्वाचनमा कुन नेता वा दलले जित्ने हार्नेमात्र नभई देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्नेछ’, उहाले भन्नू भयो ‘यही कारण राजनीतिक सहमति गरी हामी गठबन्धन बनाएर अघि बढेका छौँ।’ संविधान र गणतन्त्र को रक्षा गर्ने उद्धेश्यकासाथ गठबन्धन बनाएको दाबी गर्दै उहाले गठबन्धनका बिरूद्द शंका नगर्न आग्रह समेत गर्नु भयो । नेपाली काङ्ग्रेसका नेता मिनेन्द्र रिजालले संविधान लोकतन्त्रको रक्षा गर्न गठबन्धनको आवश्यकता भएको बताउदै संबिधानको रक्षा गर्ने दायित्व गठबन्धनमा आएको बताउँदै एक भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Write your Comment