आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

एमालेको सरकार आए स्वास्थ्य र शिक्षा निशुल्क : कृष्ण पौडेल

    प्रकाशित २०७९ कार्तिक १३, आईतबार (१ साल अघि)


देवचुली।एमालेको सरकार आए स्वास्थ र शिक्षा नि:शुल्क हुने नवलपुर क्षेत्र नं.१ का उम्मेदवार कृष्ण पाैडेलले बताउनु भएको छ ।कावासोती नगरपालिका – १२ स्थित नेकपा(एमाले)को वडा सम्पर्क कार्यालय स्थापनाको अवसरमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा एमालेको सरकार आए शिक्षा र स्वास्थ निशुल्क गर्ने उम्मेदवार पौडेलले बताउनु भयो ।

शिक्षाकाे गुणस्तर वृद्धि गरे विकासको बाटाे खुल्ने हुँदा यस क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो । विकासकाे मेरुदण्ड शिक्षा भएको बताउँदै राज्यले यसमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । अहिलेपनि विद्यालयहरूमा शिक्षक दरबन्दी पर्याप्त हुन नसकेकाले स्थानिय स्रोतबाट चल्नुपर्ने बाध्यता हुँदा सामुदायिक विद्यालयहरूले शुल्क उठाउनु परेको उहाँले बताउनुभयो । सामुदायिक विद्यालयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने र अध्यापनका लागि शुल्क उठाउनुपर्ने बाध्यता रहेकाे बताउँदै उम्मेदवार पाैडेलले एमालेको सरकार स्थापना पछि शिक्षामा पर्याप्त बजेट विनियोजन गरि सबै किसिमका माध्यमिक तह सम्मको शिक्षा निशुल्क गराईने बताउनुभयो ।

शिक्षासँगै स्वास्थ्यमा लगानी गरि स्वास्थ्य उपचारलाई निशुल्क बनाउन एमाले लाग्ने उम्मेदवार पाैडेलले बताउनुभयो । आधारभुत स्वास्थ्य सेवा निशुल्क बनाउन यस अघि एमालेकाे सरकारले वडा वडामा ,पालिका पालिकामा आधारभुत स्वास्थ्य केन्द्रदेखि पालिका स्तरका अस्पताल निमार्णकाे काम सुरु गरेको उहाँले बताउनुभयो । यसले लाखौं आम नागरिकले निशुल्क रुपमा आधारभुत स्वास्थ्य सेवा प्राप्त गरिरहेकाे भन्दै यसलाई थप लगानी गरि हरेक स्वास्थ्य सेवा निशुल्क बनाउने एमालेकाे याेजना रहेको बताउनुभयो ।

Write your Comment