आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

चुनाव प्रचारका क्रममा शशांक कोइराला अस्वस्थ, भरतपुरमा उपचार हुँदै

    प्रकाशित २०७९ कार्तिक १३, आईतबार (१ साल अघि)


नवलपुर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला चुनाव प्रचार प्रसारका क्रममा अस्वस्थ भएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व–१ बाट उम्मेदवार रहेका उनी बेहोस भएपछि उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना भएकाे काँग्रेस महासमिति सदस्य भरत तिवारीले जानकारी दिए । तिवारीका अनुसार काेइरालाकाे एमआरआई र सीटी स्क्यान गरेपछि डिस्चार्ज गरिने छ ।

अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उनी बेहोस भएका थिए, अहिले होस आएको अस्पतालले जनाएको छ ।

Write your Comment